रुषा थापा
भक्तपुर
अहिले सर्वसाधारण भन्छन्, ‘बैंकबाट पैसा हरायो ।’ उनीहरु बैंकका कर्मचारीहरुले रकम हिनामिना गरेको वा चोरेको बताउँछन् । पछिल्लो समय बैंकबाट बचतकर्ताको रकम धमाधम हराइरहेको छ । बचतकर्ताहरु आफ्नो रकम असुरक्षित भएको महसुस गर्दै त्रासित भएका छन् ।
तर, राष्ट्यि बैंकका गर्भनर महाप्रसाद अधिकारीले अहिलेसम्म यसतर्फ चासो दिएका छैनन् । एकातिर बैंकमा बचतकर्ताले राखेको रकम चोरी हुन्छ, अर्कातिर जोखिमपूर्ण क्षेत्रमा लगानी गरेर बचतकर्ताको रकम डुबाइदिएको छ ।
सय रुपैयाँमा निष्काशन गरिएको एक कित्ता सेयरलाई धितो राखेर बैंकले २५ सयदेखि २७ सयसम्म कर्जा प्रवाह गप्यो । यता, आनाको पाँच हजार नपर्ने खेतीयोग्य जमिन धितो राखेर लाखदेखि करोडसम्म कजाइ दियो त पाँच रुपैयाँ किलोमा बिक्री नहुने फलामबाट भारतले बनाएको गाडीलाई लाखौं ऋण दियो ।
अहिले ३२ सय कित्ताको सेयर सय रुपैयाँमा बिक्री हुन्न । करोड मूल्य पर्ने जग्गा लाख रुपैयाँमा जादैँन त २५ लाखको गाडी १५ लाखमा जादैंन । बैंकबाट रकम चोरी हुने संख्या हवात्तै बढेको छ । उदाहरणका लागि एनआईसी एसिया बैंकबाट बचतकर्ताको रकम गायब भएको कुरा अहिले निकै चर्चामा छ ।
त्यस्तै, एभरेष्ट बैंक, माछापुच्छे्र बैंकलगायत सरकारी तथा निजी बैंकबाट अहिले बचतकर्ताको खातामा भएको रकम भटाभट हराइरहेको छ । यसरी बैंककै कर्मचारी चोर भएपछि अब जनताले आफ्नो रकम बैंकमा सुरक्षित छैन भनेर बुझ्रनुपर्छ ।
बचतकर्ताको रकम खाताबाटै गायब हुन थालेपछि अहिले जोकोही बैंकका सञ्चालक, अध्यक्ष र कर्मचारी, ठग, चोर र दलाल भनेर भन्छन् । अहिले बैंकले बचतकर्ताको रकम फिर्ता नगरेको व्यापक गुनासो छ । तर, बैंकहरु भने तरलता अभाव घटेको वा पैसा थुप्रिएको भनेर भ्रम फैलाइरहेका छन् ।
बैंक टाट पल्टिसकेको भनेर अधिंकाश सेयर होल्डरले थाहा पाइसकेका छन् । किनकि कुनै पनि सेयर होल्डरले नाफा पाएका छैनन् । सरकारी होस् या निजी बैंकका सेयर होल्डर । उनीहरु आफ्नो सेयर बेच्न चाहन्छन् । तर, किन्ने भने कोही नहुँदा उनीहरु अन्योलमा परेका हुन् ।
अहिले बैंकमा बचतकर्ताले जम्मा गरेको रकम बैंककै कर्मचारीले चोरी गर्दा वा हराउँदा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी जनताको रकम बैंकमा कति सुरक्षित छ वा छैन भनेर केही बोल्दैँनन् ।
आम सर्वसाधारणले अहिले भन्न थालिसकेका छन् कि अब बैंकमा पैसा नराखौं । अधिंकाशको अहिले बैंकबाट विश्वास उठिसकेको छ । जनताले बैंकमा पैसा नराखेपछि बैंकसँग कर्जा प्रवाह गर्ने पैसा हुदैँन । यता बैंकले कर्जा प्रवाह गर्न नसकेपछि राजस्व समेत घट्छ ।
किनकि बैंकले कर्जा प्रवाह गर्नेभनेकै घरजग्गा, गाडी र सेयर हो । तर, कर्जा प्रवाह ठप्प हुनेबित्तिकै यीनीहरुको कारोबारमा मन्दी आउने भएकाले राज्यको ढुकुटीमा समेत यसको असर पर्छ । बुढोपाकाले भन्थे, ‘बाघ कराएपछि बाख्रा हराउँछ ।’
त्यसरी नै एकातिर सहकारी संघसंस्थाहरु बचतकर्ताको खर्बो रकम लिएर भागेको छ, अर्कातिर बैंकका कर्मचारीले बचतकर्ताको खाताबाटै रकम चोरी गर्न थालेका छन् । ३५ हजार बढी सहकारीले करोडौं बचतकर्ताको खर्बो रकम झवाम पारेको छ । बचतकर्ताहरु ‘मर्नु कि बाँच्नु’ अवस्थामा पुगेका छन् ।
ज्नताबाट बैंक तथा वित्तिय संस्था नङग्रिसकेका छन् । अधिंकाशले यसबाट विश्वास गुमाइसके । तापनि सहकारी मन्त्री रन्जिता श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतलाई केही मतलब छैन । त्यसैले, अब सर्वसाधारण जनताले बैंक तथा वित्तिय संस्थामाथि विश्वास गर्ने छैनन् ।
आफुसँग भएको रकम पनि घरमै राख्छन् र बैंकमा भएको रकम पनि निकालेर राख्नेछन् । अहिले बजारमा व्यापक सुनिन्छ कि शिव शिवर बहुउद्देश्यीय सहकारी, देउराली बचत तथा ऋण सहकारी र दुर्गा प्रसाई ‘मार्सीं’ ले प्रभु बैंकबाट खर्बो रकम ऋण लिएका छन् ।
तर, उनीहरुले ऋण नतिर्दा प्रभु बैंक डुब्ने अवस्थामा पुगेको अधिंकाशको भनाइ छ । प्रभु मात्र होइन, अन्य बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको कुरा अहिले बजारमा जताततै सुनिन्छ । सरकारले अर्थतन्त्रमा सुधार आउने लक्ष्यले जग्गाको कित्ताकाट फुकुवा गप्र्यो ।
जग्गाको कित्ताकाट फुकुवा भएको महिनौं दिन बितिसक्यो । तर, राजस्व संलकन जतिको त्यति छ । सरकारले बुझ्रने कि घरजग्गा, गाडी र सेयरको कारोबारमा किन मन्दी आयो । हिजोसम्म सहकारीहरुले यस क्षेत्रमा व्यापक कर्जा लगानी गर्दै आइरहेका थिए ।
तर, सहकारी संघसंस्थाहरु रातारात फरार हुन थालेपछि घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी आएको हो । यता, सहकारी भागेपछि बैंकलाई पनि धेरै क्षति भएको छ । किनकि सहकारीहरुले हिजो बैंकमा पनि ब्याजको प्रलोभनमा रकम राख्दै आएका थिए ।
अहिले त सहकारी नै टाप कसेपछि वा जनताले नै बैंकमा बचत गर्न छोडेपछि बैंक नाजुक अवस्थामा पुगेको छ । अधिंकाश बैंकको कर्जा लगानी घरजग्गा, गाडी र सेयरलगायत जोखिमपूर्ण क्षेत्रमा छ । साथै, बचतकर्ताहरुले पनि आफ्नो रकम यस क्षेत्रमा लगानी भएको थाहा पाएपछि उनीहरु त्रासित भएका हुन् ।
त्यसैले, अहिले बैंकबाट पैसा निकाल्नेको संख्या बढ्दो छ । पछिल्लो समय मालपोत र यातायात कार्यालय पनि ठप्पै भएको छ । मानौं, त्यहाँ दिनमा एउटा पनि घरजग्गा र गाडीको किनबेच तथा नामसारी नै हुदैँन ।
बैंक तथा वित्तिय संस्थाले ९९ प्रतिशत कर्जा लगान िघरजग्गा, गाडी र सेयरमा गरेका थिए । तर, यसको किनबेच नै ठप्प भएपछि यो रकम फ्रिज हुन पुगेको छ । हिजो घुसको लोभमा बैंकले जथाभावी लगानी गर्दा आज बचतकर्ताको रकम जोखिममा परेको हो ।
यसरी बचतकर्ताको रकम जोखिममा परेकै अवस्थामा बैंकका कर्मचारीहरुले पनि खाताबाटै रकम चोरी गर्न थालेपछि अहिले जनताबाट बैंक अझै नङग्रिएको छ । त्यसैले, अब कि त प्रत्येक दिन सहकारीजस्तै गरी बैंक पनि भाग्नुपर्छ होइन भने सञ्चालक, अध्यक्ष र कर्मचारी जेल जान तयार हुनुपर्छ ।
बैंकका कर्मचारीहरुले पाँच लाख मूल्य पर्ने कमसल धितो राखेर बैंक तथा नागरिक सञ्चय कोषबाट करोडौं रुपैयाँ कर्जा लिएका छन् । त्यो कर्जा भने सहकारीमा बढी ब्याज आउने प्रलोभनमा उनीहरुले राखेका हुन् । तर, अहिले त सहकारी नै भागेपछि उनीहरु पनि टाप कस्ने विचारमा छन् ।
सहकारी त भागिहाल्यो अब आफुले बैंक वा सञ्जय कोषबाट लिएको ऋण कसरी तिर्ने भनेर उनीहरु चिन्तित छन् । बढी ब्याजको प्रलोभनमा पर्दा आफ्नो रकम त डुबिहाल्यो त उनीहरुले बैंक र सञ्जय कोषलाई समेत डुबाए ।
सर्वसाधारण जनता भन्छन्, ‘बजारमा पैसाको हाहाकार छ । पाँच सय र हजारको नोट पाउने मुस्किल छ । बैंकले बचत फिर्ता गर्दैन । न त कर्जा नै दिन्छ ।’ यता, राष्ट्र बैंक वा अर्थमन्त्रालय भन्छ, ‘बजारमा पैसाको हाहाकार छैन । बैंकमा धेरै पैसा थुप्रिएको छ । तर, कोही कर्जा माग्न आउँदैन ।’
जनता भने दुई वर्षअघि दुई करोडमा किनेको घडेरी धितो राखेर पाँच लाख कर्जा दिनुस् भन्दा पनि बैंकले पैसा छैन भनेर फर्काएको सुनाउँछन् । अनि सरकार भन्छ, ‘बैंकसँग जति पनि कर्जा लगानी गर्न पैसा छ ।’ अब कसको विश्वास गर्ने ? अहिले बैंकमा गएर बुझ्रदा बैंकमा पैसा राख्नेभन्दा निकाल्नेको संख्या बढी छ ।
अनि कसरी बैंकमा पैसा थुप्रियो ? घरजग्गा, गाडी र सेयरको कारोबार गर्ने अधिंकाश व्यवसायीहरु अहिले बैंकको ऋण तिर्न नसकेर वा डुबेर मुलुक नै छोडेर भागेका छन् । त्यस्तै, लुकीछिपी हिड्ने र सम्पर्कविहीन हुनेको पनि कमी छैन ।
बैंकले लिलाम गरेको घरजग्गा, गाडी र सेयर अहिले बिक्री भएको छ । बैंक बेच्न त खोज्छ तर किन्ने पनि त कोही हुनुपर्ला नि । तीन वर्षअघि तीनदेखि चार करोड मूल्यमा किनेको घडेरी अहिले पैसाको खाँचो परेर लाख रुपैयाँमा बेच्छु भन्दा पनि नबिकेको सुनिन्छ ।
ललिता निवास जग्गाको हिनामिना प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ गत मंगलबार समातिए । तर, उनले विभिन्न बैंक तथा वित्तिय संस्था वा व्यक्तिबाट दशौं खर्ब रकम ऋण लिएको सुनिन्छ ।
उनी समातिएपछि अधिंकाशले अहिले धेरै बैंक टाट पल्टिने बताउन थालिसकेका छन् । ललिता निवासको १ सय ४३ रोपनी जग्गामा अधिंकाश बैंकको लगानी गरेको छ । यसरी सरकारले उक्त जग्गा सरकारकै नाममा ल्याएपछि धेरै बैंक डुब्नेवाला छन् ।
अहिले सर्वसाधारण जनताले ब्याजको लोभमा बैंक तथा वित्तिय संस्थामा रकम राख्नुहुन्न भनेर थाहा पाइसकेका छन् । तर, बैंकहरुले पनि उद्योग, कारखाना, कृषि कार्य गर्नेहरुलाई कर्जा प्रवाह नगरी घुसको प्रलोभनमा जोअिमपूर्ण क्षेत्रमा लगानी गर्दा यस्तो परिस्थिति आएको हो ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक त सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा समातिए नै तर अहिले उद्योग व्यवसायी तथा वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, अध्यक्ष चन्द्र ढकाल र नेपालको अर्बपति भनेर चिनिने विनोद चौधरी पनि सरकारी जग्गाकै प्रकरणमा समातिने अधिंकाशको भनाइ छ ।
नेपालमा सञ्चालित बैंकमा भएका रकम ३० जना व्यापारीहरुले चलाएका छन् । त्यसमध्ये एक जना भाटभटेनीका साहु समातिएपछि २९ जना बाँकी छन् । सरकारले यीनीहरुलाई पनि समाते बैंकहरुको पनि कालोे कर्र्तृत बाहिरिने छ ।