काठमडौँ – राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रिय समितिको दुई दिने तेस्रो पुर्ण बैठक कर्णालीको रारामा सम्पन्न भएको छ ।
आन्तरिक र बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्यले असार १ र २ गते मुगुको रारामा बैठक सम्पन्न भएको हो । बैठकमा सांगठनिक, आर्थिक र उपाध्यक्षहरु संयोजक रहेको विभिन्न समितीले आ–आफ्नो प्रतिबेदन प्रस्तुत गरी निर्णयका लागि सर्वसम्मत पारित गरेकोछ । आगामी भाद्र र मंसिरको आन्तिम साता भित्र दुई चरणमा सम्पुर्ण जिल्लाका अधिवेशन सम्पन्न गरीने र राष्ट्रिय प्रतिनिधि परिषद भेला असोजको अन्तिम सातामा सम्पन्न गर्ने लगायतका निर्णयहरु गरिएको नेसनल प्याब्सनका महासचिव पारसमणि दाहालले जानकारी दिनुभयो । बिद्यालय स्तरीय नयाँ पाठ्यक्रम, तालिम, संगठन निर्माण र स्थानीय तहमा भएको विभिन्न चुनौती, समस्या र त्यसको समाधानका लागि शिघ्र कार्यविधी बनाई अघि बढ्ने नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले बताउनुभयो । नेसनल प्याब्सन एउटा व्यवसायीक संगठन मात्र नभएर मुलुकको समृद्धिको समेत लागिपर्ने संगठन भएको अध्यक्ष हमालको भनाई थियो ।
बैठकको अन्तिम दिन अर्थात शनिबार राष्ट्रिय झण्डा र नेसनल प्याब्सनको झण्डालाई सयुक्त रुपमा फहराउदै ग्रेटर नेपालको नक्शा राखी रातो र चन्द्र सुर्य जंगि निशान हाम्रो जिउदो रगत सारी यो बल्दो यो सान हाम्रो भन्दै पर्यटकिय स्थल रारा ताल नजिक सामुहिक प्रदर्शन गरि समापन गरेको थियो ।