आइपिएल : फाइनल खेलका लागि चेन्नइ र गुजरातबीच आज भिडन्त हुँदै

काठमाडौँ – चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको आइपिएल २०२३ को उपाधि भिडन्त आज हुँदै छ । आइतबारको लागि तय भएको फाइनल खेल वर्षाका कारण प्रभावित बनेपछि आज फाइनल खेल हुन लागेको हो ।

अहमदावादमा परेको वर्षाका कारण मैदान भिज्दा फाइनल खेल ‘रिजर्भ डे’ (सोमबार) सम्मका लागि स्थगित गरिएको थियो । ओभर घटाएर वा सुपर ओभर हुने अवस्था नभएपछि फाइनल रिजर्भ डेसम्मका लागि स्थगित गरिएको हो। चेन्नईले आइपिएलका १६ सिजनमध्ये दशौं फाइनल खेल्न लागेको हो। यसअघि खेलेका नौं फाइनल मध्ये चेन्नईले चार फाइनल जित्दै ट्रफी उचालेको छ। गुजरात भने आइपिएलको साविक विजेता हो। उसले गत सिजन फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि जितेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्