काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थीको विषयमा आफ्ना धारणा सार्वजनिक गरेका छन्।भ्रष्टाचारविरूद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे उनले दुई पेज लामो धारणा सार्वजनिक गरेका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय रहेको भन्दै उनले मुद्दा लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्ने अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने धारणा राखे।
उक्त प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेका छन्। उनी पक्राउ परेता पनि कांग्रेसले अहिलेसम्म भने पार्टीबाट निलम्बन गरेको छैन।









