काठमाडौं – नेकपा एमालेकी सांसद् सुनिता बरालले राजनीतिक व्यक्तिहरुले राजनीतिलाई बदनाम गराएको बताएकी छिन् । साेमबार बसेकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् बाेल्दै सांसद् बरालले राजनीतिक व्यक्तिले कस्तो जीवनशैली अपनाउने भन्ने सम्बन्धमा कानुन बनाउन सरकारकाे ध्यानाकर्षण गराइन् ।
‘राजनीतिक व्यवस्था नै बदनाम हुने अवस्थालाई जोगाउनका लागि राजनीतिक व्यक्तिहरुको जीवनशैलीसम्बन्धी कानुन बनाउन आवश्यक देखिएको छ, यो कानुन बनाउने कुरामा यो सम्मानित सदनलाई विशेष ध्यानाकर्षण गराइयोस् भन्ने कुरा माग गर्न चाहान्छु ।’ उनले भनिन्, ‘सदाचार सस्कृति लोकतन्त्रको प्राण हो, आज भोलिको घटनाका सन्दर्भ हेर्दा लोकतन्त्रका लागि लड्ने राजनीतिप्रति जनतामा घृणा उत्पन्न भएको छ, इमान्दार, क्षमतावानहरु व्यक्तिहरु विस्तापित हुने अवस्था छ, तसर्थ भ्रष्ट्रचारका अनेक छिद्र बनेका कानुन संशोधन गरियोस् ।’
पछिल्लाे समयका घटनाक्रमले लोकतन्त्रका लागि लड्ने राजनीतिप्रति जनतामा घृणा उत्पन्न भएको भन्दै सांसद् बरालले भ्रष्ट्राचारका अनेक छिद्र बनेका कानुन संशोधन गर्न पनि माग गरिन् ।