१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–१ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विकले ती बालिकालाई धाक धम्की देखाई वैशाख १८ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्