कञ्चनपुरको शुक्लाफाँटामा माछा मार्ने क्रममा करेन्ट लागेर चुनाराको मृत्यु

सांकेतिक तस्बिर

कञ्चनपुर – कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शुक्रवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर ४८ वर्षीय दान बहादुर चुनाराको मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय झलारीले शुक्लाफाँटा–१० लालपनिया खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर चुनाराको मृत्यु भएको बताएको छ। करेन्ट लागेर घाइते भएका चुनाराको उपचारका क्रममा कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्