कञ्चनपुर – कञ्चनपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका-८ तिलाचौर बस्ने १९ वर्षीय पारस ठकुरी देउवालाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
देउवाले ती बालिकालाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई गड्डाचौकी क्षेत्रबाट पक्राउ गरेको हो ।