वायु प्रदूषण मुत्युको ‘एउटा प्रमुख कारण’

Photo : Google

काठमाडाैं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत चैत २४ गते मन्त्रालयको मूलद्वारनजिकै एउटा कृत्रिम फोक्सो राख्यो। रामशाहपथ भएर हिँड्ने जोसुकैले देख्नेगरी राखिएको त्यो वस्तु १५ दिनमै रूप नै नचिनिनेगरी कालो भएपछि त्यसलाई त्यहाँबाट हटाइयो। त्यो फोक्सो ’हाई–इफिशेन्सी पार्टिक्यलट एअर’ (एचईपीए) फिल्टरबाट बनेको थियो। एचईपीए फिल्टर भनेको विभिन्न तह भएको हावा छान्ने यान्त्रिक फिल्टर हो।

अमेरिकी पर्यावरण संरक्षण निकाय ईपीएका अनुसार त्यस्तो फिल्टरले “सिद्धान्ततः कम्तीमा ९९.९७ प्रतिशत धुलो, परागकण, मोल्ड (एक प्रकारको ढुसी), ब्याक्टेरिया र वायुमा प्रसारित हुने ०.३ माइक्रोन आकारको कण पनि छान्न सक्छ। अर्थात् एचईपीए फिल्टरबाट निर्मित उक्त कृत्रिम फोक्सोले लगभग हाम्रो फोक्सोले छान्ने बराबरकै धुलो छान्न सक्थ्यो। दुई साताभित्रै त्यो पूर्ण रूपमा कालो भयो र धुलो छान्न नसक्ने अवस्थामा पुग्यो।

त्यसले काठमाण्डू उपत्यकामा बस्ने मानिसको फोक्सोले कुन हदसम्मको प्रदूषणको सामना गरिरहेको छ भन्ने देखाउने विज्ञहरूको भनाइ छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन्, “त्यो कृत्रिम फोक्सोले जुन सन्देश दियो त्यसले काठमाण्डू उपत्यकाभित्र वायु प्रदूषणका कुरामा निकै नै ध्यान दिनुपर्ने अवस्था देखायो।”

वायु प्रदूषण मुत्युको ‘एउटा प्रमुख कारण’
अधिकारीहरूले दिएको जानकारी तथा सरकारी स्तरबाट भएको अध्ययनअनुसार नेपालमा हुने मृत्युका मुख्य कारणमध्ये वायु प्रदूषण पनि हो।

वायु प्रदूषण प्रत्येक वर्ष अझ गम्भीर चिन्ताको विषय बन्दै गएको छ। विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा अध्ययन गरेर एक वर्षपछि सन् २०२० मा प्रकाशित गरेको एउटा अध्ययनले नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई देखाएको छ।

त्यसमध्ये पहिलो स्थानमा मुटु तथा रक्तनलीसम्बन्धी रोग र दोस्रोमा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग पर्छन्। त्यो प्रतिवेदनमा भनिएको छ, “हृदयरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग ृसीओपीडीे र क्यान्सरजन्य रोगहरू पुरुष र महिला दुवैमा मृत्युका शीर्ष तीन प्रमुख कारण रहेका छन्।” बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्