काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले घुस मागेको अडियो सार्वजिनक भएको छ । अडियो सार्वजिनकसँगै सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ । श्रेष्ठले मन्त्री बन्नका लागि पार्टीलाई दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो आइतबार सार्वजनिक भएको छ । अडियोमा आफु स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने र आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् ।
यसबारेमा महामन्त्री मुलुक ढकालका तर्फबाट आधिकारिक विज्ञप्ति जारी हुने रास्वपाले जनाएको छ ।उनले तत्काल एक करोड भए पनि मन्त्री बनाउन तयार रहेको प्रसाईंलाई सुनाएका छन् । एक कराेड सुरुमैं दिनुपर्ने बोलेका छन् ।
प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने बताएका छन् ।