काठमाडौं- सिक्किममा हिमपहिरोमा परि सात जनाको मृत्यु भएको छ । गान्तोक-नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परी तीन जना नेपाली नागरिक सहित अन्य चार जनाको मृत्यु भएको छ ।
हिमपहिरोमा परी अन्य १२ जना घाइते भएको इन्डियन एक्सप्रेसले जनाएको छ । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको आधिकारिक विज्ञप्तीमा उल्लेख गरेको छ । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०/३० जना पर्यटक पुरिएको आशंका गरिएको छ ।