घरदेशीलाई प्रदेशीको माया

देवकी भट्ट

खै के भनु मनका पिडा,व्यथाअनि रहर लाग्दा मेरा सपना । निदाउछु म घरि-घरि सपना देख्न अनि व्युझिन्छु म कोल्टे फेर्न नपाउँदै।
बिहानी सुर्यको पहिलो किरण अपि र सैपालले चुम्न नपाउदै उठ्छु भन्छु म तर रातिको पहिलो प्रहरमा नै ब्युझिन्छन मेरा व्यथा अनि भन्न नसकिएका थुप्रै आशाहरु।

यि बन्जर ठाउँहरुमा हरियाली भर्न नचाहेको कहाँ हो र तर एक्लै नसकिँदाेरहेछ खै के भनु मनका पिडा, व्यथा र रहर लाग्दा मेरा सपना।
परदेशी त गयाे झाेला बाेकेर आखिर आफ्नो गन्तब्य को खाेजिमा खै फर्किन्छ, फर्किदैन पत्ताे भएन तर पनि उसको सम्झनामा रात कुरी बस्छु सदा झैं उसकी प्रियसी बनेर।

काेहिली ले गाएकाे सुन्न बिहानीको पर्खाइमा हुन्थे म तर अब त नगाएको हुन्थ्यो झै लाग्छ, उद्देग लाग्छ, निरास लाग्छ अनि बड्छ मुटुको ब्यथा ।
खै के भनु मनका पीडा व्यथा र रहर लाग्दा मेरा सपना ।
सात समुन्द्रपारी छ रे उ खै कुन ठाउँ, कुन देश अनि गन्तब्यमा आँखा नबिराइकन हेर्छु उसको तस्विर अनि साेच्ने गर्छु आफुलाई खै के गरी बसेछ हाेला अनि मेराे याद आयो हाेला कि नाइ यि सुस्केरा हाल्दै गएका हावासँग भलाकुसारी गर्दै साटासाट गर्छु भावना मेरा ।
खै के भनु मनका पिडा व्याथा र रहर लाग्दा मेरा सपना ।

हिमाल सेताम्मे भए पनि अझ उजाड जस्तै लाग्छन शरद ऋतुमा हरियाली बनजंगलमा झन खडेरी परेर पातहरू झरेजस्तै लाग्छन । बसन्त ले बहार छाउँदा पनि तराईका फाँटहरू हेर्दा बन्जर लाग्छन यहाँ तिमी परदेशी भएपछि ।
खै के भनु मनका पिडा व्याथा र रहर लाग्दा मेरा सपना ।

मुना ले पर्खिएकि थिइन् मदनलाई ढिलै भएपनि मदन फर्किएका थिए तर के भन्नु न त धनलेे सात दियाे न त ज्यान ले आखिर । खै के भनु मनका पिडा व्याथा र रहर लाग्दा मेरा सपना ।

शिक्षिका
देवकी भट्ट
भिमदत्त नगरपालिका कन्चनपुर घर भई हाल निजामती आवासिय माध्यमिक दिपायल डोटी।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्