काठमाडौं – आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनलाई लिएर अहिले देशभरका क्याम्पसहरुमा चुनावी गतिविधि भइरहेको छ । त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।
अधिकांश क्याम्पसमा चुनाव हुने निश्चित भएको छ भने कतिपय क्याम्पसहरुमा विवादका कारण चुनावी प्रक्रिया सुरु भएको छैन । कतिपय क्याम्पसमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको छ ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले उपलब्ध गराएको विवरण अनुसार ७० वटा क्याम्पसमा स्ववियु सभापति निर्विरोध चयन भएका छन् । विद्यार्थी संगठनहरुले दाबी गरेअनुसार नेविसंघले १५, अनेरास्ववियुले ३१, अखिल (क्रान्तिकारी) ले २४ वटा क्याम्पसमा निर्विरोध नेतृत्व पाएको छ ।
हालसम्म अध्यक्षमा निर्विरोध भएका क्याम्पस र उम्मेदवारको विवरण :
अनेरास्ववियुबाट निर्विरोध भएका क्याम्पस
१. धनकुटा बहुमुखी क्याम्पस, धनकुटा : सन्तोष बुढाथोकी
२. सुनकोशी बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : हीरा थामी
३. ह्यात्रुङ झरना क्याम्पस, तेह्रथुम :प्रकाश गौतम
४. कोटदेवल क्याम्पस, दैलेख : सीता कार्की
५. गरुवा बहुमुखी क्याम्पस, इलाम : गोपाल आचार्य
६. एकतप्पा बहुमुखी क्याम्पस, इलाम : प्रतीक्षा खनाल
७. स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान : टेकराज केसी
८. गरामनी दुर्गा क्याम्पस, झापा :सन्तोष तिम्सिना
९. मानका टीकाराम बहुमुखी क्याम्पस, गुल्मी :आकाश खरेल
१०. तीनपाटन बहुमुखी क्याम्पस, सिन्धुली : प्रेमबहादुर पुलामी
११. सरस्वती क्याम्पस सिन्धुली : देवराज गौतम
१२. भीमज्योति क्याम्पस, सिन्धुली : लक्ष्मी श्रेष्ठ
१३. गौमती बहुमुखी क्याम्पस, सिन्धुली : प्रज्वल तिमल्सिना
१४. पिण्डेश्वर विद्यापीठ, सुनसरी : एनिस रेग्मी
१५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा : सरोज अधिकारी
१६. जाल्पादेवी क्याम्पस पाख्रीबास, धनकुटा : निर्मला कार्की
१७. सल्यान बहुमुखी क्याम्पस, सल्यान : राजेश ओली
१८. हिले क्याम्पस, धनकुटा : विशाल तामाङ
१९. थर्पु क्याम्पस, पाँचथर : योम्बाहाङ योङहाङ
२०. यासोक क्याम्पस, पाँचथर : मनोज थापा
२१. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत : सिर्जना रसाइली
२२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी : अस्मिता भण्डारी
२३. रिडि बहुमुखी क्याम्पस, गुल्मी : गंगा कुँवर
२४. साकेला बहुमुखी क्याम्पस, खोटाङ : यम कुमार खड्का
२५. मादी बहुमुखी क्याम्पस, संखुवासभा : गोपाल प्रसाईं
२६. संखुवासभा बहुमुखी क्याम्पस, संखुवासभा : आमोद कार्की
२७. बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा, : युदिन चेम्जोङ
२८. दाङ भ्याली कलेज, घोराही दाङ : प्रबिन पुन
२९. सिद्ध जनता बहुमुखी क्याम्पस, दाङ : आरती चलाउने
३०. जिरी खिम्ती क्याम्पस, तेह्रथुम : कञ्चन लिम्बू
३१. मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जा : मुना न्यौपाने
अखिल (क्रान्तिकारी) निर्विरोध भएको क्याम्पस
१. सिञ्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य
२. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
३. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी
४. सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी
५. चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की
६. बन्गाड क्याम्पस, सल्यान : अजय विष्ट
७. फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने
८. लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही
९. जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा
१०. गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सञ्जोग श्रेष्ठ
११. चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल
१२. मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल
१३. सुनकोशी क्याम्पस, सिन्धुली : बिनिता न्यौपाने
१४. सिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी
१५. गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे
१६. कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ
१७. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ
१८. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता तिमल्सिना
१९. पालुङ बहुमुखी क्याम्पस :पुष्कल श्रेष्ठ
२०) रवि क्याम्पस, पाँचथर
२१) सहयोग बहुमुखी क्याम्पस, काठमाडौं
२२) जनकल्याण बहुमुखी क्याम्पस, सल्यान : सरगम ओली
२३) त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, स्याङ्जा : कविता राना मगर
२४) झिमरुक बहुमुखी क्याम्पस, प्युठान : नरेश पुनमगर
नेविसंघका निर्विरोध भएको क्याम्पस
१. जितपुर कलेज, धनकुटा : निरुता खड्का
२. सिन्धुली बहुमुखी क्याम्पस, सिन्धुली : कृष्ण लामिछाने
३. ठोकर्पा सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक : सरस्वती जिसी
४. त्रिभुवन आदर्श बहुमुखी क्याम्पस, स्याङ्जा : सविन रेग्मी
५. गुर्भाकोट बहुमुखी क्याम्पस, सुर्खेत : गोपाल खड्का
६. पाँचथर बहुमुखी क्याम्पस, पाँचथर : मुना नेपाली
७. प्युठान बहुमुखी क्याप्पस, प्युठान : हिमाल केसी
८. मालुङ्गा बहुमुखी क्याम्पस, स्याङजा : सञ्जीवनी न्यौपाने
९.सिन्धु भ्याली सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक : सुरज चौलागाई
१०. त्रिपुरेश्वर क्याम्पस, सिन्धुली : भक्तबहादुर तामाङ
११. मानसरोबर बहुमुखी क्याम्पस, हुम्ला : नरेन्द्र भण्डारी
१२. नन्दादेवी बहुमुखी क्याम्पस, कालिकोट : जुनिता विष्ट
१३. महालक्ष्मी क्याम्पस, ललितपुर : रणबहादुर बोहरा
१४. कालिका संस्कृत विद्यापीठ, गैंडाकोट : नारायण प्रसाद बस्याल
१५ अम्बिकेश्वरी क्याम्पस, घोराही दाङ : रनबहादुर खड्का