रास्वपा सभापति रवि भन्नुहुन्छ : म अभिमन्यु होइन, आजदेखि मौन बसिदैन

FILE PHOTO

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजदेखि आफू मौन नबस्ने बताएका छन् । आज सामाजिक सञ्जाल आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएकोले अब मौन बस्ने समय सकिएको बताएका छन्।

अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन् । अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन । त्यही भएर उनको चक्रव्युहभित्र उनको हत्या भएको थियो ।

तिनै पात्रलाई उल्लेख गर्दै लामिछानले आफू त्यस्तो नभएको बताएका हुन् । यसको अर्थ सरकारमा बस्ने नबस्ने, के गर्ने भन्ने आफुलाई जानकारी भएको संकेत दिएका छन । उहाँले लेखेको छन् .“अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्