प्रेम जोशी, मसुरिया कैलाली
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका अन्तरगत मसुरिया बजारमा कपडा बैंक स्थापना हुने भएको छ । यश क्षेत्रका गरिव दुखि अस्कत हरुलाई सहयोग गर्ने लक्ष्यका साथ कपडा बैंक स्थापना गर्न लागेको मसुरिया व्यवस्थापन समिति अध्यक्ष तथा कपडा बैंक सञ्चाकल समितिका अध्यक्ष हरि प्रसाद जोशी बताउनु भयो ।
प्रयोगमा नआए तर प्रयोगमा ल्याउन सकिने कपडा ल्यार बैंकमा जम्मा गर्ने उक्त कपडाहरु लक्षित वर्गहरु लाई वितरण गर्ने उदेश्य कपडा बैंकको रहेको छ ।
बैंकको औपचारीक रुपमा माघ ८ गते आइतवारका दिन बिहान ८ बजे देखि मसुरिया बजारको पूरानौ साझा सस्थानको कार्यालय बाट सञ्चालनमा ल्याउने तयारी रहेकोले आफ्नौ क्षेत्र बाट सबैले सहयोग गर्न समेत जोशीले आग्रह गरेका छन् ।