कैलाली – धनगढी जुनियर जेसीजको ७ औं अधिबेशन बाट वर्ष २०२३ को लागि अध्यक्षमा जु जेसी चेतन पाण्डेय चयन भएका छन ।
मंगलबार सम्पन्न अधिबेशन तथा वार्षिक साधारण सभाबाट कार्यकारीणी उपाध्यक्षमा जु जेसी चिरञ्जीवी भण्डारी र जु जेसी अमित ठगुन्ना उपाध्यक्षमा जु जेसी दिपेन्द्र जोशी, जु जेसी सागर रोकाया, जु जेसी निसान्त बम र जु जेसी सुपृया निरौला निर्बिरोध चयन भएका हुन । मनोनीत पदाधिकारीमा कानुनी सल्लाहकार जु जेसी शुभम पनेरु, महासचिव जु जेसी असारिका शर्मा घिमिरे र कोषाध्यक्षमा जु जेसी कविता विष्ट चयन भएका हुन । होटल इमेजमा सम्पन्न साधारण सभा वर्ष २०२२ का अध्यक्ष जु जेसी निराजन राज जोशिको अध्यक्षता गरेका थिए ।