बैतडी – बैतडीको डिलासैनीमा एक किशोरीले आत्महत्या गरेकी छिन् । डिलासैनी गाउँपालिका वडा नं. ३ पंसेरा की करिब १७ बर्षिया मनिषा ओडले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन । शैल्यशिखर नगरपालिका वडा नं. २ मा रहेको सत्यप्रकाश माध्यमिक विद्यालय देथलामा कक्षा ११ मा अध्ययनरत छात्रा ओडले आज सोमबार विहान करिब १० बजेतिर आत्महत्या गरेको आफन्तहरुले बताएका छन् ।
आत्महत्याको कारणबारे भने खुल्न सकेको छैन । मृतक किशोरी डिलासैनी गाउँपालिकाका पूर्व सदस्य नन्दराम ओडकी छोरी हुन् ।