दार्चुला – दार्चुला प्रदेश सभा–२ मा गठबन्धनका मानबहादुर धामीले अग्रता लिएका छन् । नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै गठबन्धनका धामीले ५३० मतको अग्रता लिदै पछि पारेका छन् । एमालेका जोशीले ९ हजार २०५ मत पाउदा गठबन्धनका धामीले ९ हजार ७३५ मत पाएका छन् ।
अपिहिमाल, नौगाड र शैल्यशिखरको मतगणना सकिएको छ । प्रदेशसभा–२ अन्तरगत अब मार्मा गाउँपालिकाको मात्रै मत गणना गर्न बाँकी छ । मार्मा क्षेत्र माओवादीको गढ मानिन्छ ।