विदेशबाट आएका ६२ जनालाई खरिपाटी क्वारेन्टाइनमा राखियो, खर्च आफैले व्यहोर्नुपेर्न

FILE PHOTO

काठमाडौं – विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा लगिएको छ । जसमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेकी छन् ।

कोरोना भाइरस जोमिकलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु आज नेपाल आएका हुन् । शनिबार जापान, मलेसियालगायत मुलुकमा रहेका नेपालीहरु त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अवतरण गरका थिए ।

आफूखुसी नेपाल आएका उनीहरुले १४ दिन क्वारेन्टाइनमा बस्ने खर्च आफैले नै व्यहोर्नुपर्ने छ । बुधबार सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्