पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेकाे छ । नेपाल आयल निगमले साेमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको हो ।
अब पेट्रोलको खुद्रा मूल्य एक सय ६ रुपैयाँ प्रतिलिटर र डिजल तथा मट्टीतेलको भाउ ९५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
यस्तै आन्तरिकतर्फको हवाइ इन्धनको भाउ पनि साढे ४ रुपैयाँ घटाएर ९० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।