प्रधानमन्त्री-मन्त्रीको सम्पत्ति अझै सार्वजनिक भएन

FILE PHOTO

काठमाडौं – सरकारले प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै सार्वजनिक गर्न सकेको छैन ।

डेढ साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय भएको डेढ साता वितिसक्दा समेत प्रधानमन्त्री कार्यालयले उनीहरुको सम्पत्ति विवरण गोप्य राखेको छ ।

प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनकि गर्ने दायित्व मन्त्रिपरिषद् कार्यालयकै हो । तर सो कार्यालयले बेवास्ता गर्दा उनीहरुको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको हो । यो समाचार आजको राजधानीदैनिकमा प्रकाशित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्