कोका-कोलाको दसैँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन

काठमाडाैं – नेपालको सबैभन्दा लोकप्रीय पेयपदार्थ कोका-कोलाले यो बर्षको दसैँका लागि सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेनको सुरुवात गरेको छ । दसैँ समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा टाढाका आफन्तजन भेटघाट गर्ने मिठामिठा परिकारहरु बनाएर खाने परम्परा रहेको छ । यही परम्परालाई मध्यनजर गर्दै यो बर्षको दसैँका लागि सम्बन्ध उत्सव स्वादसँग” ल्याएको कोका–कोलाले जनाएको छ ।

कोका–कोलाले धेरै बर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दसैलाई राखेको छ । हरेक बषैका दसैँमा आफ्नो नेपाली उपभोक्ताहरुको लागि नयाँ र नमान्चक थिम सहित क्याम्पेन गर्दै आइरहेको छ । आफ्नो नेपाली उपभोक्ताहरुको महान चाड दसैलाई अझै विशेष बनाउन कोका–कोलाले चङ्गा उडाएको, टिका लगाएको , परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलको जस्ता ५ वटा विभिन्न चित्र अंकित लेबलहरु भएको बोतल दसैँको समयमा बजारमा ल्याउने गर्दछ ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले यो बर्षको सम्बन्ध उत्सव स्वादसँग लाई लिएर उत्साहित भएको बताए । यसले दसैँको मुख्य आकर्षणलाई प्रतिविम्बित गरेका छ । जुन भनेका आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने, नातागोता भेटघाट गर्ने र मिठा–मिठो परिकारहरु बनाएर सँगै बसेर खाने हो । दसैँ विशेष कोक बतोलको साथ सम्पूर्ण नेपाली उपभोक्ताहरुलाई दसैँका हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्नुभयो ।

दसैँ विशेष लेबलको साथै कोकाकोलाले आफ्नो ब्राण्ड एम्बास्डर स्वस्तिमा खड्कालाई लिएर टेलिभिजन विज्ञापन समेत बनाएको छ । यस विज्ञापनमा स्वस्तिमाले आफ्नो स्वर्गीय हजुरआको रेसिपी बुकको मद्दतबाट दसैँको तयारी गर्न थाल्छिन् । विज्ञापनमा दसैँको मुख्य भागको रुपमा आफ्नो नातागोता र उनीहरुसँगको मेलमिलापलाई भावनात्मक तरिकाले प्रसतु गरिएको छ । यस विज्ञापनमा स्वप्न सुमनले सम्बन्ध उत्सव शीर्षकको गीत पनि गाएका छन् ।

त्यस्तै कम्पनीका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले नेपालीहरुको लागि दसै जति महत्वपूर्ण छ त्यतिकै महत्वपूर्ण कोकाकोलाको लागि पनि भएको बताए । हरेक बर्ष दसैँमा क्याम्पेन ट्यागलाईन सम्बन्धको उत्सवले उपभोक्ताहरुलाई आफ्नो सम्बन्धलाई अझै प्रगाढ बनाउन र हरेक पल स्मरणीय बनाउन प्ररित गर्ने आशा लिएको बताए ।

दसैँका अभिन्न हिस्साको रुपमा खानेकुरा रहेकाले कोकाकोलाले यो बर्ष विविसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैमा खाइने मुख्य ५ वटा परिकारहरुको रेसिपी पनि सार्वजनिक गरेको छ । यो रेसिपी उानको लागि उपभोक्ताहरुले कोका कोला बोतलको लेबलमा भएको क्यू आर स्कान गर्नुपर्ने हुन्छ । साथै यो भीडियो कोकाकोलाको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुनेछ ।
साथै उपभोक्ताहरुले पनि कोकाकोला नेपाल र सेफ सन्तोष शाहलाई गरेर आफ्नो रेसिपीको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने सक्नेछन । यी मध्येबाट ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका प्राप्त गर्नेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्