काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा यति बेला दलहरु होमिएका छन् । निर्वाचन आयोगले निर्वाचन सम्पन्न गराउन आफ्नो तयारी गरिरहेको छ भने दलहरु आन्तरिक तथा दलगत गृहकार्यमा जुटिरहेका छन् । सत्ता गठबन्धनमा आबद्ध ५ दलले प्रतिनिधि सभा र प्रदेश सभा निवार्चनमा गठबन्धन गरेर जाने निर्णय गरिसकेका छन् । सोही अनुसार सिटबाँडफाँडको गृहकार्य भइरहेको छ । रामेछाप जिल्लामा ५ दलिय गठबन्धनबाट प्रतिनिधी सभाको साझा उम्मेदवार युवराज चौलागाँइ बन्ने लगभग निश्चित भएको चौलागाँइ आबद्ध दल नेकपा माओबादी केन्द्रले जनाएको छ । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भई निर्वाचित भएपछि के कस्ता कामहरु गर्ने उहाँको प्रतिबद्धतता छ त ? प्रस्तुत छ यसै बिषयमा उपहार खबरकर्मी सुशील चौलागाँइले गरिएको कुराकानी ।
तपाईको राजनितिक यात्रा कहिले देखी सुरु भयो ?
म स्कुल पढ्दादेखि नै विद्यार्थी संगठनमा आबद्ध थिए । बि.स २०४६ सालमा मैले विद्यार्थी संगठनको सदस्यता लिएर राजनीति सुरु गरेको हो । लगभग त्यहि वर्ष पञ्चायतको अन्त्य भयो । अनेरास्ववियु, क्रान्तिकारी इकाइ अध्यक्ष, जिल्ला समितिको सदस्य, स्कुलमा नियमित राजनीतिक कामहरु गर्थे । २०५१ सालमा निर्वाचनमा हामी लागेउ। बाबुराम भट्टराई, अग्नि सापकोटा तीर्थ गौतमलगायत नेताहरु जानु भएको थियो। २०५१ सालमा एसएलसी दिएर पाटन क्याम्पस मा आएर साइन्स पढ्न थाले। अनि यहाँ पनि म अखिल क्रान्तिकारीको ललितपुर जिल्लाको कोषाध्यक्ष थिए। आईएस्सी सकिएपछि पढ्दै थिए। २०५३ को अन्त्यतिर पूर्णकालीन भएर काभ्रे जिल्लाको अखिल क्रान्तिकारीको अध्यक्ष भएर गएको थिए। त्योबेला पार्टीको काभ्रे रामेछाप एउटै जिल्ला पार्टी कमिटी थियो। त्यसपछि विद्यार्थी संगठन मा निन्तर भइरहे । २०५८ सालसम्म अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष जिम्मेवारीमा रहे। अध्यक्ष हुने हुने हल्ला पनि थियो। तर हुन सकिन। २०५५सालको मंसिरमा म गिरफ्तार भए । २०५७ सालको कात्तिकमा म छुटे। जेल जीवनको पनि अनुभव छ मसँग। दुई वर्ष लामो । अनि मैले त्यो बेलामा जनमुक्ति सेनामा काम गरे । कतिपय युद्ध मोर्चाहरु मा पनि सहभागी भए । पार्टीको जिम्मेवारी मा पनि रहे । जेलबाट छुटेपछि २०६८ को अन्त्यतिर काभ्रे र रामेछापको जिल्ला पार्टी चाँहि अलगअलग जिल्ला पार्टि भयो । हामी त्यो बेलादेखि नै क्षेत्रीय बि ब्युरोको सदस्य भयौ । २०६९ सालको साउन बाट नै पार्टीको केन्द्रीय कमिटीको सदस्य भए । त्यसपछि मध्ये एउटा महाधिवेशनबाट निर्वाचित भए । सातौं एकताको महाधिवेशनबाट पनि सदस्यमा निर्वाचित थिए । अस्ति भर्खर पार्टीको आठौं महाधिवेशनबाट पनि केन्द्रीय कमिटिको सदस्य मा छु । यो बीचमा मैले २०६८ सालदेखि विद्यार्थी संगठन छोडेको लगत्तै २०७८ सालसम्ममा म पार्टीको विदेश विभागको विभिन्न जिम्मेवारीमा भए । त्यस सन्दर्भमा विभिन्न देशहरु मैले घुमे । मलाई ३०-३५ देश घुमेको अनुभव छ । युरोपका धेरैजसो देशहरु अमेरिका जापान, कोरिया लगायतका बिभिन्न देशहरु घुमेको पनि छु । अहिले चाँहि म रामेछाप जिल्लामा काम गर्नेगरी पार्टीको केन्द्रीय कमिटीको सदस्य मा छु ।
तत्काल चुनावी माहोल तात्दै गर्दा यहाँले टिकट को लागि दाबी गरिरहनुभएको छ । पार्टीले यहाँलाई उम्मेदवारीको लागि दिनकोलागि तपाइको भिजन के छ ?
अब रामेछाप जिल्लाबाट माओवादी पार्टीको तर्फबाट संघीय संसदको लागि म करिब करिब सर्वसम्वत नै उमेदवार हो । कतिपय साथीहरुको दबाब स्वाभाविक छ। रामेछापमा माओवादीले संघ पाउने करिबकरिब भएसँगै हामी चाँहि एउटा माओवादीले संघ पाउँदा युवराज चौलागाईं नै उम्मेदवार हो भन्ने कुरा छ। त्यो खालको राजनीतिक आधार बनेको छ । त्यसकारण एउटा सामान्य दाबेदारी मात्र होइन भन्ने कुरामा अपडेट गर्न चाहन्छु । एउटा अनि अर्को चाँहि अब रामेछापमा मावोवादी पार्टी चै जनताले विजयी गरेर पठाएपछि हामीले कतिपय कामहरु पार्टीले गर्ने प्रयत्न पनि गरेको छ। मलाई लाग्छ ती कुराहरूको स्वामित्व निरन्तरताको लागि माओवादी पार्टी फेरि निरन्तरता माओवादी पार्टीको विजयी को आवश्यकता छ । उमेरले अहिले म ४२ वर्षको भएँ । युवाहरूको उपस्थितिले बोल्ने कुरामा फरक पर्छ राजनीतिमा अब अलिअलि देशविदेश देखि अलिअलि इतिहास पनि भएको र संसदमा गएर आवश्यक परेको कुनै पनि भूमिका निर्वाचनमा एउटा उपयुक्त पात्र रामेछापले छनोट गर्दा खेरि युबराज चौलागाई पनि कमजोर पात्र होइन जस्तो लाग्छ । यद्यपि मैले आफूले आफूलाई ठूलो मानेको त होइन तर आम जनताले त्यो मूल्याङ्कन गर्नुहुन्छ भन्नेमा विश्वास लाग्छ । सबै माओवादी पार्टीको यो शान्ति प्रक्रियामा आइसकेपछि २०६३ साल यता यो अहिलेको यो २०७९ सालसम्मको करिब १७ बर्षको प्रतिस्पर्धात्मक राजनीतिको अथवा पार्लिमेन्ट (Parliament) पोलिटिक्सको हामीले समीक्षा गर्नुपर्ने बेला आएको छ भन्ने कुरा म ठान्छु । मैले यो कुरा पार्टीभित्र पनि छलफल गरेको छु। र यसले चै के भन्दाखेरी नेपालको (Parliament)मा सशक्त छलफलको सशक्त बहसको विषयलाई केन्द्रमा राखेर विज्ञता सहितको छलफल बहसको आवश्यकता छ । राम्रा पार्लिमेन्ट (Parliament) सांसदहरू भएभने त्यसले चै देशलाई ठिक ठाउँमा लिएर जाने वातावरण पनि निर्माण गर्छ । राम्रा सांसदहरु भयो भने व्यवस्थापनको विश्वास जागृत गर्छ । पार्टीको काम गर्ने शैलीमा गुणात्मक रुपले परिवर्तन ल्याइदिन्छ ।
सहि ढंगले प्रतिनिधित्व भएन भने त्यसले कहीं न कहि ग्यापिङ पनि हुनसक्छ । त्यो कुराको पनि म मेहनत गर्न सक्छु भन्ने विश्वास छ । संगै हाम्रा तर्फबाट विगतमा कतिपय अपुगहरु भएका छन् । केहि गर्ने पनि कामहरु पनि हाम्रो तर्फबाट नभएका हुन सक्छन् । ती सबै कुराहरूको एउटा पूर्ति गर्नका लागि नयाँ पात्र नै आवश्यक छ भन्ने कुरा आम पब्लिकले अनुभूत गरेको मैले पाउँछु । त्यस हिसाबले हेर्दाखेरि पनि पार्टीको तर्फबाट म एउटा पात्र हुन्छ भन्ने हिसाबले आम मान्छेहरुले कार्यकर्ताहरुले त्यो बोली राखेको पनि मैले देख्छु । त्यो कुरालाई भने स्वागत गरेको छु सम्मान गरेको छु । यी सबै आवाजहरुलाई प्रतिनिधित्व गरेर अगाडि बढ्दा खेरि चै राम्रो नतिजा सम्म पुर्याउँछ भन्ने मलाई आत्मविश्वास छ ।
तपाई राजनीतिमा आएको देखि अहिलेसम्मका विकासका एजेन्डाहरु पनि हेरियो । यहाँको टिकट लगभग पक्कापक्की भएसँगै गाउँको विकास एजेण्डा के छ ? हेर्ने हो भने काठमाडौंबाट नजिक रामेछाप । सांसद भएपछि त देशभरि को चिन्ता त हुन्छ तर पनि आफ्नो क्षेत्रको विकासका लागि के छ तपाईका एजेन्डा ?
म यसलाई दुई तरिकाबाट हेर्छु । आजको विकासलाई हेर्ने दुईथरी दृष्टिकोण हरु छन् । एउटा दृष्टिकोण हामी विगतमा के थियो आज के छौ । भन्ने कोणबाट हेर्दा खेरि एउटा सकारात्मक निस्कर्ष निस्किन्छ नि । गुन्सी भदौरे को मान्छेले लखनपुरको मान्छे नचिन्ने बेथानको मान्छेले दोलालघाट सम्म भारी बोकेर नुनतेल लिएर आउनुपर्ने एउटा अवस्था थियो । गाडी हेर्न लाई धेरै टाढा आउनु पर्थ्यो ।
डाँडा काटेर खोला तरेर जान पथ्र्यो । दिन बिताएर जानुपर्ने स्थिति थियो भने । आजको स्थितिमा परिवर्तन आएको छ । विगत हेर्दा अहिले धेरै सुधार आएको देखिन्छ । एउटा मूल्यांकनको बाटो यो हुनुपर्छ । अर्को मूल्याङ्कनको पाटो के छ भने । समकालीन नेपाल समकालीन भारत, समकालीन नेपाली समाज समकालीन चिनियाँ समाज वा समकालीन विश्वको जुन विकासको टेन छ । त्यसमा हामी कहाँ छौं भन्ने कुरालाई पनि सगसगै हेर्नुपर्छ । हाम्रो विकासलाई पहिलो जुन मानब छ त्यसबाट हेर्दाखेरि अब हामी रामेछापको विकासमा धेरै नराम्रो नभएको जस्तो लाग्छ तर समकालीन दुनियाको जुन विकासको एउटा प्रक्रिया छ । जुन ठाउँमा दुनिया पुगेको छ त्यो ठाउँको तुलनामा हाम्रो हेर्दाखेरि नै हामी धेरै पछाडि परेको जस्तो लाग्छ । नेपाली अहिले विश्वका विभिन्न देशमा गएर कर्मभूमि गरिरहेका छन् । त्यसले गर्दा नेपाली राज्यमाथि सकारात्मक दबाब पनि छ कि समकालीन दुनियाँको विकासको प्रक्रियालाई नेपालले कहिले पछयाउने भन्ने कुरा पनि छ । यो दुईवटा कोन मध्ये हामीले जुन विगतदेखि आजसम्म गरेको विकास छनि । त्यो विकासै उल्लेखनीय नै छ । जस्तो गाउँमा आज बाटो पुगेको छ । कतिपय ठाउँमा पक्की बाटो पुगेको छ भने कतिपय ठाउँमा कच्ची भएपनि पुगेको छ । वडाहरुमा पक्की घरहरु बन्न थालिसकेका छन् । पानीको सुविधा पुगेको छ । छोरीहरुको शिक्षामा गुणस्तर भएको छ । सुत्केरीको लागि बर्थिङ सेन्टर पुगेको छ । दलितहरूको चेतना जागरणको कुरा पुगेको छ । यो त्यति मात्रामा भएको छैन जति हामीलाई चाहिएको छ । या सन्तुष्ट हुन पर्ने ठाउँ छैन धेरै प्रश्नहरु छन् । यसले हामीलाई नपुगेको अवस्था छ । यसले भोको मानिसलाई एक गास भात मात्र खान दिएको जस्तो लाग्छ । यसको अर्थ के छ भने अझै खानेकुराको माग बढेको छ । आजको बिकासको तरिका ठ्याक्कै त्यस्तै छ । यो विकासको ग्याबिटिलाई बढाउनु पर्नेछ । यसलाई बढाउनका लागि विगतमा हामीले भनेजस्तो सकेनौ । यसमा अनेकौ कारणहरु हुन सक्छन् । यसमा म कसैलाई व्यक्तिविशेष त दोष दिने चाहन्न । हामीले जुन प्रकारको सिस्टम बनायो । विकासको कता न कता हाम्रा समस्याहरु छन् । विकासका दुईवटा मुख्य पक्षहरू हुन्छ ।
एउटा भौतिक विकास र अर्को मानवीय विकास। भौतिक विकास भनेको पुल बाटो मानव विकास भनेको मातृशिशुको दर घटाउने कुरा छ । महिला शिक्षा, दलित शिक्षा, महिला अधिकार, बाल अधिकार वृद्धवृद्धाको अधिकार वा त्यसको मानव जुनचै पूर्ण सन्तुष्टी मानव बन्न सकोस् । सक्षम मानब बन्न सकोस् । विश्व नागरिक बनोस । यो दुवै कुरालाई हामीले सँगसँगै लिएर जानुपर्ने छ । यो दुईवटा कुराको सन्तुलित विकास हुन नसकेर । एउटा राज्यकै विकाससँग सम्बन्धित समस्याहरु छ । अर्को चै छ भने इन्टरनल गभर्नर । एजेन्सी समन्वय को समस्याहरु छन् । राज्यका निकायहरुमा जस्तो तपाईले हेर्नुहुन्छ भने । गाउँमा बजेट गएको छ तर कार्यान्वयन नभएर फ्रिज भएको छ । बजेट गएको छ तर एउटा बजेटको पटकपटक टेन्डर भएको छ। कम पैसामा टेन्डर भएको छ । न त्यो पैसाको गुणस्तर हुन सकेको छ न सदुपयोग हुनसकेको छ। न त्यो खर्च हुनबाट रोकिएको छ । यो खालको स्थिति छ । कति कुराहरु नीति संग सम्बन्धित छ। नीति निर्माणको तहमा हस्तक्षेप गरेर केन्द्रीय संसद्ले नै नयाँ नीतिमा लिएर जानुपर्ने अवस्था छ । योसँगै त्यहाँका पार्लिमेन्ट (Parliament) ऐनहरुले जनप्रतिनिधिहरुले गाउँपालिका हरुले त्यहाँका प्रदेशका सांसदहरुले जूनले लेबलमा जनताको रुपमा काम गर्नुपर्थ्यो। त्यो कुरामा चुक्यौं भने कुरा सिक्नुपर्ने छ । उहाले कमि गर्नुभयो भनेर चै भन्न्न सक्दिन । मैले अहिले के भन्न सक्छु भने विगतका कुराहरूबाट कामहरुबाट सिक्नु पर्ने छ । त्यो कहाँ कमी भएको छ भन्ने कुरा अझै जनताको बीचमा गएर व्यापक अन्तरक्रिया गरेर जनप्रतिनिधिहरूको अनुभवहरु पनि सुनेर त्यसलाई पूर्ण बनाउन सकिन्छ भन्ने मलाई लाग्छ एउटा सन्दर्भ अब अर्को त्यसबाट सिकेर भोली के गर्ने यसबारेमा धेरै लामो छलफल हुन सक्छ । किनभने सिंगो रामेछाप जिल्ला विकासको लागि त अब धेरैतिरबाट पछाडी परेको छ ।
काठमाडौंबाट ८०/८५ किलोमिटर देखि झन्डै २५० किलोमिटर दूरीमा हामी छौं । यो हेर्दा धेरै टाढा पनि होइन । काठमाडौंमा रहेका ठाउँहरु सबै शहर भए अब राजु शहरको जस्तो जिल्ला काठमा बदलिएको छ । सबैकुराले सबै च्यालेन्ज आऊने । शहरीकरण छिटो गर्ने, छिटोछिटो मानिसहरूको आर्जनमा व्यक्तिगत क्षमता हरुमा विकास गर्ने गरी हामीले गर्न सक्ने, त्यसले काठमाडौंमा भइरहेको विकास र ग्रामीण जीवन मा धेरै समस्याहरु ल्याउन सक्ने मैले देख्छु । त्यो हालको स्थिति हुन्छ त्यसैले मैले विकासको गतिलाई समग्रमा बढाउनु पर्नेछ । यसमा एउटा टिम सहित काम पनि गर्न खोजिरहेका छौं । रामेछापको भौतिक र मानवीय दुईपक्षीय विकासमा के काम गर्न सकिन्छ ५ वर्षमा भन्ने कुरा हामी मोटामोटी एउटा जानुभन्दा अगाडि एउटा कन्सेप्ट सार्वजनिक गर्ने तयारी हामीले गरिरहेका छौं । बाटोघाटो स्तरोन्नती गर्ने, पुलपुलेसा निर्माण गर्ने कुरा, जस्ता भौति विकास विद्यालय शिक्षाको सुधारको कुरा, स्वास्थ्य क्षेत्रमा सुधारका कुराहरु, वैदेशिक रोजगारीलाई मर्यादित बनाउने र रेमिट्यान्स विकासलाई एउटा उत्पादनमूलक काममा उपयोग गर्ने कुरा सँग सम्बन्धित किनभने हामीकहाँ धेरै ठूलो रामेछापको जनशक्ति विदेशमा छन् । खासमा रामेछाप तीन ठाउँमा छ । एउटा रामेछाप मै छ । भूगोलको रामेछाप छ । एउटा देश भित्र भएको तर रामेछाप बाहिर भएको रामेछाप अर्को देश बाहिर भएको रामेछाप छ । यो तीनवटै रामेछापलाई एकैठाउँमा केन्द्रित गर्नुपर्ने छ । किनकि रामेछाप त एउटा वृद्धाश्रम जस्तो मात्र भएको छ । जहाँ मान्छे मर्दा पनि मलामी जाने मान्छे छैनन् । कोही विरामी भएपनि त्यसलाई एम्बुलेन्स चढाएर काठमाडौंसम्म ल्याउने मान्छे छैनन् गाउँमा छोरा बिदेशमा बस्ने बुहारी काठमाडौ बसेर बाल बच्चा पढाउने अथवा बुहारी विदेशमा बस्ने छोरा काठमाडौ बस्ने, यस्तो पनि छ । यो खालको सिचुएसन छ । बुढाबुढी मात्र गाउँमा बस्ने राम्राराम्रा खेतहरु बाँझा बस्ने बारिहरु हरु बाँझो बस्ने अवस्था छ अब ती बाँझो खेतबारी व्यवस्थापन गर्नुपर्नेछ । एउटा विकासको कन्सप्ट देश निर्माण गर्नुपर्ने हुन्छ भन्ने कुरा ।
तत्कालका तपाईका चुनावी एजेण्डाहरु नि के के छन ?
तत्कालका लागि चुनावी एजेण्डाहरु तयारी गर्दै छु त्यसमा म अहिले यहि नै भन्ने छैन । तर त्यसमा के छ भन्ने देखि रणनीतिकहरु हामीले बनाउनुपर्छ । रामेछाप मध्यपहाडि लोकमार्ग नै जोडिएको जिल्ला हो । रामेछाप जलश्रोतको अथाह सम्भावना भएको ठाउँ छ । रामेछापको बीचबाट तामाकोशी बगेर गएको छ । चौंरी खोला त्यत्तिकै बगेर गरिरहेको छ । रामेछापमा जडीबुटीहरूको भण्डार छ । यसलाई हामीले जडीबुटीहरूको संकलन अथवा वनस्पतिजन्य उद्योगहरु जस्तोकि नेपाली कागज लगायतका उद्योगहरू खानेपानीहरूको फ्याक्ट्री फलाम खानीसँग सम्बन्धित कामहरु यी सबै काम अरुलाई अहिले हामी एउटा एक पछि अर्को गर्दै विकास गर्न सक्छौं । एउटा व्यवस्थित भवन निर्माण गरेर जानुपर्छ भन्ने मलाई लागेको छ मुल रुपमा चाहि सडक सञ्जाललाई जोड्छौं । दिगो विद्युतीकरणको काम गर्छौं र मूलरुपमा चै स्थानीय युवा आफ्नो गाउँ छोडेर अन्त जानु नपरोस् भन्ने कुरालाई सुनिश्चित गर्छौ । त्यो हुनेबित्तिकै धेरै कुरा युवाहरुले गर्छन् गाउँमा आफू जन्मेको हुर्केको ठाउँ मा आज युरोप अमेरिका गएका युवाहरू पनि आफ्नो गाउँघर कै सपना देख्छन् । काठमाडौँ बस्नेहरू पनि आफुले खेलेको, हुर्केको ठेस लागेको ढुङ्गा कै सपना देख्छन् । त्यसकारणले यो ठाउँ छोडेर जान मन हुँदैन बाध्यताले छोडेर गाका छन् । गाउँमा केही काम गरेर बस्ने खालको वातावरण सिर्जना गर्नुपर्नेछ ।
यसकारण उत्पादनमूलक रोजगारी प्रदान गर्नेगरी रामेछापलाई जोड्न पर्छ जस्तो लाग्छ । अब १ नम्बर क्षेत्र तिरको कुरा गर्दाखेरि त्यहाँ प्राकृतिक सौन्दर्यले पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने ठाउँ छ । कृषिजन्य उत्पादनहरु गर्न सकिने ठाउँ छ । राम्रो ठाउँ मात्र भएर हुँदैन त्यहाँ सजिलैसँग जान सक्ने हुनुपर्छ अनिवार्य मान्छे जान्छ । त्यहाँ पुग्दा बस्ने खाने अन्य कुराहरूको पनि व्यवस्थापन भयो भने मात्र पूर्वाधारहरूको विकास गर्नेमा रामेछापमा जोड दिनुपर्छ । पूर्वाधारहरूको विकास गर्ने बाटो र कृषि सँग जोडेर युवाहरुलाई गाउँमै राख्ने सोच्नुपर्छ भनेर यसलाई अलि व्यवस्थित रुपले तयारी गर्छौं र यो कुरा बोकेर हामी निर्वाचनमा जान्छौं भनेर लागिरहेका छौ । यो रामेछापको आवश्यकता हो भन्ने मलाई लाग्छ ।
जस्तो हामीले स्थानीय स्तरको चुनाव नियालेर हेर्दा गठबन्धनबाटै चुनाव भएको थियो । अब संघ र प्रदेशको चुनाव पनि गठबन्धन कै कुरा छ । यसमा तपाईलाई अरूको पार्टीप्रति कतिको विश्वास छ, र आफूले पनि कस्ता खालको भूमिका निर्वाह गर्नुहुन्छ गठबन्धन चुनावमा ?
गठबन्धनभनेको चैै एउटा विशिष्ट राजनीतिक परिस्थितिको उपज हो । नेपालमा एउटा राम्रो कुरा के छ भने कुनै पनि एउटा पार्टी अर्को कुनै पार्टीसँग गठबन्धन गरेर जान सक्छ । अहिले कांग्रेस र माओवादीको गठबन्धन छ दलीय गठवन्धन छ । हामीसँग पनि गठबन्धन गरौं भनेर एमाले का साथीहरू पनि हामीसँग वार्ता गर्नु भएको छ । यसको सकारात्मक पक्ष पनि छ हरेक राजनीतिक पार्टीहरुको एउटाले अर्कोलाई स्वीकार गर्ने ठाउँमा छन् दलहरुबीच पाकिस्तान वा बङ्गलादेशको जस्तो जहाँ एउटा अर्को पार्टीका नेताहरु चाहना पनि कुनै बिदेशी आइएनजियो आएर यसको सम्मान नै गरिदिनुपर्ने एउटै टेबलमा बस्न पनि विदेशी आउन परोस । नेपालको त्यो अवस्था छैन यो एउटा राम्रो पक्ष पनि हो तर गठबन्धनको चुनौती के हो भने गठन या त चुनावको लागि या अर्को संघर्षको लागि हुनेहो चुनावको लागि बनेका गठबन्धनमा भोट तचबलकाभच कति हुन्छ भन्ने कुरा हो । भोट ट्रान्सफर अब १००% नै नहुन सक्छ भन्ने चाहि छैन, त्यो कुरा गठबन्धन गरेका दलहरुले मान्नुपर्छ । भोट तचबलकाभच सकेसम्म बढीभन्दा बढी लय तचबलकाभच गर्छौ भन्ने कुरा ख्याल गर्नुपर्छ । यो महत्वपूर्ण र संवेदनशील प्रश्न पनि छ म के भन्न चाहन्छु, भने म माओवादी पार्टीको नेता हो तर मैले गठबन्धनलाई नै भोट माग्ने होे मैले आज गठबन्धनलाई भोट माग्नु पर्छ र म गठबन्धनका मावोवादी बाहेक अरु धारहरुका पनि त्यो अपेक्षा गर्छु । उहाँहरुले गठबन्धनलाई जिताउनु हुन्छ भन्ने आशावादी छु ।
यसअघिको स्थानीय चुनावमा पनि रामेछापमा गठबन्धनलाई जिताउन भन्दाभन्दै रामेछापले कतिपय ठाउँ (वडा पालिका) मा गठबन्धनबाटै हार स्वीकार्नु परेको गठबन्धन भित्रैबाट घात भएको अहिले नहोला भन्न सकिन्छ यसमा तपाई के भन्नुहुन्छ ?
त्यस्तो होलाजस्तो लाग्दैन यो कस्तो छ भने गठबन्धनमा अन्य भोट transfer हुनसक्छ । केही मान्छेलाई ती सुधार नहुनसक्छ । अथवा गठबन्धन भएका कारण केही इसियुहरुमा मान्छेहरु अलिकति त्यसमा भनेको सकृय नहुन पनि सक्छन् तर मलाई के लाग्छ भने अहिले जे गठबन्धन हामीले बनाएका छौं । रामेछापको हकमा यो गठबन्धनले त्यस्तो नगरला जस्तो लाग्छ । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, समाजवादी दलहरुमा तीनवटा दलमा छौं । ती तीनवटा दलले भोट हाल्ने हो । अब काँग्रेसका साथीहरुले यो बुझ्नु पर्यो कि माओवादीलाई भोट हाल्नु हुन्न भन्ने माओवादीले उहाँहरुलाई भोट नहाल्न पनि सक्छ । माओवादीलाई भोट हाल्नु हुँदैन भन्नेले कांग्रेसमा पनि भोट आउँदैन भन्ने बुझ्नुपर्छ । त्यसकारणले यो माओवादीलाई अथवा काँग्रेसलाई भोट दिने कुरा होइन गठबन्धन अगाडि बढाउने कुरा हो । यता नेपाली कांग्रेसको पनि बढाउने कुरा हो । त्यो कुरा बुझ्न जरुरी छ । नत्र गठबन्धनमा जाने कुराको औचित्य छैन । मलाई के लाग्छ भने गठबन्धन राजनीति गठबन्धनपार्टीका धेरै काम हामीले गर्न बाँकी छ । बृहत् छलफलहरु गर्न बाँकी छ । उमेदवार बनाएर त्यसमा गर्न बाँकी छ पाटीको माथिदेखि तलसम्म निकायहरु केन्द्रित ढंगले सञ्चालन गर्न बाँकी छ यो सबै गर्दै जानेछौं अन्तिम सम्म पुग्दा खेरि एउटाले अर्कोलाई धोका दिने ठाउँ छैन किनभने अर्को कुनै उम्मेदवारलाई हेर्ने हो भने गठबन्धन हुँदा बाहिरको उम्मेदवारले जित्ने सम्भावना पनि छैन गठबन्धन भन्दा बाहिरको उम्मेदवार गठबन्धन भन्दा राम्रो हुने सम्भावना छदैछैन । सबैभन्दा राम्रो उम्मेदवार पनि गठबन्धनबाटै हुने र एकदम जित सुनिश्चित भएको र म पनि गठबन्धनबाटै विजय हुने हो । गठबन्धनलाई कमजोर पार्ने प्रयत्न चै साथीहरूले गर्नुभएन । त्यसै कारणले मलाई लाग्दैन कि यस्तो स्थिति आउला त्यसकारण गठबन्धन चै सफल भएर स्वभाविक ढंगले जानुपर्छ जस्तो लाग्छ ।
विगतमा अर्थात् २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी मिलेर बाम गठबन्धन भनि घोषणा भयो र तत्कालीन गठबन्धनबाट रामेछाप जिल्लामा दुवै गठबन्धन उमेदवारले जित हासिल गरी संघ र प्रदेशमा मन्त्री पनि भए कैलाश ढुङ्गेल जि तत्कालीन बाग्मती प्रदेशको अर्थ तथा योजना मन्त्री हुनु भयो उहाँलाई एउटा आरोप छ उहाँले आफ्नो क्षेत्र भित्र मात्र गाउँ गाँउ टोल टोल विकास गर्नु भयो तर आफ्ना छिमेकी गाउँपालिका नगरपालिकामा फर्केर पनि हेर्नु भएन भन्ने जनताको गुनासो छ । यसमा आफ्नो क्षेत्रमा तपाइको के भूमिका हुन्छ ?
विभिन्न प्रश्नहरूको सामना गरेर जानुपर्छ विगतमा कैलाश जिको पालामा विकास भएको कुरा सत्य पनि हो उहाँले जसरी आफ्नो ठाउँलाई विकासमा केन्द्रित गर्ने प्रर्यत्न गर्नुभयो । आफ्नो गाउँ देशभरिकै बढी विनियोजन गर्ने काम गर्नुभयो र जसरी अरुलाई समान ढंगले उहाँले राखिदिनु भएन आरोप पनि आयो । त्यसको मूल्यांकन उहाँसँग सम्बन्धित भएर नि गर्नुपर्छ । तर भोलिका दिनहरुमा मैले जे भनेको त्यही नकारात्मक हुन्छ भन्ने होइन त्यसो नगर्ने प्रयास गर्ने हो र सबैतिर मिलाएर साच्चिकै रामेछापको भूगोललाई जनतालाई आफ्नो भन्ठानेर समानुपातिक बिकास गर्ने क्षमता विकास गर्ने अर्को ठाउँमा ती विकास नहुनसक्छ अर्को ठाउँमा अर्को विकास गर्नुपर्ने हुन्छ एक ठाउँमा एउटा Model हुनसक्छ अर्को ठाउँमा अर्को कुनै कुरा हुनसक्छ तर सबैलाई समान ढंगले प्राथामिकता दिएको छ भन्ने अनुभूति दिलाउने गरी काम गर्ने मेरो प्रतिबद्धता हुने छ । यसअघि भएका नकारात्मक कुराहरु पनि मेरो लागि शिक्षा हो ।
यहाँ अब युवा नेताहरुलाई एउटा चुनाव चुनौती त छँदैछ । चुनावको हो टिकट आइसकेपछि विकासको लागि तपाईंको माथिल्लो तहमा एउटा पार्टीको सम्बन्धले त्यहाँ केहि असर गर्छ । भोलि जितेर आउनुभएको खण्डमा यहाँले गर्ने विकासका योजनाहरुमा कसरी सामना गर्नुहुन्छ ?
मैले तपाईंलाई सुरुमा पनि भने यो जुन पार्टीमा आज छु नि त्यो चाहिँ कुनै बनिबनाउ पार्टीमा लागेको म होइन । यो मैले पनि बनाएको पार्टी हो । यहाँ केही पनि थिएन न सत्ता थियो न शक्ति थियो न यसमा केही आकर्षक थियो । केहि नभएको बेला पनि काम गरेको सीमित मान्छेहरु मध्येको म पनि एक हो । त्यसैले यो पार्टीको गहिराइसम्म मलाई थाहा छ यो पार्टीको मसँग अपरिचित पार्टीको senior post कोहि पनि छैन हामी सम्पन्न रुपले एउटा परिपक्क परिवार जस्तै गरेपछि दुःख गरेर मेहनत गरेर आएकाहरु नै आज पार्टीको एउटा उच्च तहमा छौं, त्यस कारणले सिङ्गो पार्टी पङ्क्तिको नेतृत्व मलाई आजैदेखि नै सहयोग गर्नेछ भन्ने कुरा विश्वास छ मेरो इतिहासले पनि त्यो कुरा बताउँछ अहिलेसम्म पार्टीभित्र जसरी काम गर्न सकेको छु त्यसकारणले पनि यो सम्भव भएको भन्ने मलाई लाग्छ । त्यसकारण रिलेशन को हिसाबले यसमा कुनै पनि कमी हुने छैन भन्ने कुरा हो अब त्यो सँगै व्यक्तिगत क्षमता पनि चाहिन्छ । अन्य व्यक्तिहरूले म अत्यन्तै सक्षम छु भन्ने घमण्ड त म गर्दिन तर म सिक्न सक्छु, भन्ने मलाई लाग्छ जनताका समस्याहरु हाम्रा आवश्यकताहरू हाम्रा सम्भावनाहरु छिटो सिक्न सक्छु । छिटो जसलाई टिप्न सक्छु छिटो देशलाई circulate गर्नसक्छ भन्ने कुरा मलाई लाग्छ । त्यसरी हेर्दा कुनै जड कुरा बोकेर नफेरिने दिमाक बोकेर म हिडेको छैनौं हामी भन्ने मलाई लाग्छ । त्यसैले हामीले परिस्थितिअनुसार विकास गरेर सबैखाले काम गर्नसक्छौं । सबैका म न्यायपूर्ण ढंगले अरु पार्टीको जति सामाजिक स्थान छ त्यो हेरेर हामी अगाडि बढ्न सक्छौं कसैलाई पनि हामीलाई जिताएर भारी पर्दैन कसैमाथि पनि हामी शासन गर्ने होइन हामी एउटा समाजको सहजकर्ता हो विकासको सहजकर्ता हो राजनीतिको सहजकर्ता हुने हो जनता र राज्यको विचमा सहजकर्ता हो जनप्रतिनिधि भएर काम गर्न सकिन्छ भन्ने मलाई लाग्छ । शानदार ढङ्गले गर्न सकिन्छ, किनभने म आफै विभिन्न देशका संसदहरुमा बसेर संसदहरु सँग भेटेर विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरुसँग पटकपटक छलफल अन्तरक्रिया गरेर आको पनि छु, देखेको पनि छु । एउटा एभचाभत कतिसम्म गर्न सक्छ भन्ने कुराको अनुभव छ ।
तपाईंले टिकट पाइसकेपछि रामेछापको जनताले ठ्याक्कै भोट केको लागि दिने ?
म रामेछापको एउटा सामान्य किसानको छोरा हो मेहनत गर्न सक्छु राजनीतिको एउटा ठाउँसम्म पुगेको छु । लोसार अनुभवलाई संकलन गरी रामेछापको विकासलाई जनताको हितलाई काम गर्नको लागि मलाई एउटा वातावरण बनाउन सक्छु भन्ने विश्वास छ त्यसकारण मलाई भोट दिनुस् रामेछापको कहाँको के आवश्यकता छ । अनुभूति मसँग छ आवश्यकताहरूलाई सम्वोधन गराएर अगाडि बढ्न मेरो प्रयत्न हुन्छ विकास निर्माणको कामको लागि मेरो ध्यान केन्द्रित हुन्छ त्यसको लागि भोट दिनुस् रामेछाप पछाडि परेको जनताहरु दलितहरु अल्पसंख्यकहरुको सबै तल परेका मानिसहरूको सुचिकृत गरी दुःख के हो भन्ने मलाई थाहा छ त्यसकारण मलाई भोट दिने हो भने युवाहरूको आवश्यकता मलाई थाहा छ मलाई संसदमा देख्न चाहने साथीहरुले नयाँ भएको हेर्न चाहने साथीहरुले भोट दिनुस् र राजनीतिक कर्मी साथीहरूको प्रजातन्त्र लोकतन्त्र कांग्रेसका नेताहरु वा नेपालको नयाँ जनवाद समाज गरेका कांग्रेस पार्टीका मान्छेहरु अथवा प्रजातन्त्र अथवा राष्ट्रहितका लागि काम गरेका कंग्रेस र कंग्रेस पार्टीका बाहेक अन्य काम गरेका मान्छेहरु पनि यिनीहरुले कति दुख गरेर पार्टीहरुलाई समाजलाई योगदान गरेका छन् भन्ने कुरा बुझ्नुहुन्छ र उहाँहरूको सम्मान गर्न पनि चाहन्छु विकास समृद्धि आफ्नो परिवेशहरुलाई दुःखका परिवेशहरु मुक्तिका लागि हामीले के गर्न सक्छौं भन्ने मलाई विश्वास छ त्यसैले भोट दिनुस भन्ने अनुरोध छ ।
विकास गर्नलाई कतिको चुनौती छ ?
म ठूलो चुनौती देख्छु । निर्वाचनको बेला निर्वाचित हुने चुनौती देख्छु यो के हो भन्दा आजको निर्वाचनको प्रणाली अत्यन्तै भड्किलो अत्यन्तै खर्चिलो धेरै कुराहरु अपेक्षा गर्ने एउटा गाउँको सामान्य मान्छे सिंगो गाउँको आय स्रोत जोड्दा पनि नपुग्ने पैसा चुनावमा खर्च गर्नुपर्ने यस खालको पद्धति चै बनाउनुहुँदैन सकेसम्म सबै आफ्ना जनसमुदायलाई चुनाव हो यसमाथि जे पनि गरे हुन्छ भने कुराहरुलाई हामी अरुलाई पनि यसै भन्न चाहन्छौ दुई दिनको रमझम देखाएर अलिअलि पैसा खर्च गरेर मान्छेहरु राज्यको निकायमा पुग्ने खतरा हुन्छ त्यसैले सही मान्छे जाने कुराको चुनौति भने छ । चुनावको बेलामा सकेसम्म कम खर्चमा गर्ने वातावरण निर्माण गर्नुपर्छ यो एउटा आर्थिक कारणले गर्ने एउटा चुनौती हो । आज समग्र देशभरी हेर्ने हो भने हाम्रो विकास र अन्य कुराहरूको चुनौति छ । हामी एकताबद्ध हुने हो भने हामीले परिस्थितिको सही ढंगले आकलन गर्न सकेनौं भने हामीले हाम्रो ठाउँमा दक्ष जनशक्ति उत्पादन गर्न सकेनौैं भने जे भएपनि विकासमा गर्न गाह्रो हुन्छ त्यसकारणले उमेदवार छनोट गर्दा हामीले सक्षम व्यक्ति छनोट गरौँ । आफ्नो विकासको कुरा अथवा विशेषताको आधारमा सांसददेखि माथिल्लो निकायसम्म पार्टीलाई बिकासमा अगाडि बढाउन हामीलाई शक्ति भन्दापनि अवसर धेरै छ भन्ने लाग्छ । रामेछापको विकास रामेछापको समग्र परिवर्तनलाई चुनौतीहरु कम छन् असरहरु धेरै छन् अवसरहरुलाई परकाष्त गर्दै चुनौतीहरुलाई व्यवस्थापन गर्दै लान्छौ ।
रामेछापलाई केही वर्षभित्रमा विकास गरी अगाडि बढ्न समन्वय कसरी गर्नुहुन्छ त्यसमा कसरी भूमिका निर्वाह गर्नुहुन्छ ?
म सबैसँग समन्वय गर्न सक्छु जस्तो लाग्छ । हामी पार्टीले अगाडी सर भनेर निर्णय गरेपछि मलाई सानो भएर काम गर्न समस्या छैन अरुलाई समान गरेर उचित स्थान दिएर त्यसकारण सबैसँग सहकार्य गरेर काम गर्नलाई समन्वय गर्नलाई विरोधीहरुसँग पनि सहकार्य गर्नलाई आफ्ना सहकर्मी साथीहरुलाई अगाडि बढ्नलाई कुनै समस्या छैन । म अगाडि बढ्न सक्छु भन्ने मलाई विश्वास छ । मसँग सहकार्य गर्नलाई कसैलाई अप्ठ्यारो पर्ने छैन र त्यस्तो म नहुने विश्वास दिलाउन चाहन्छु । रामेछापको कहिलेकाहीँ सही ढंगले जनप्रतिनिधि छनोट गर्न नसक्दा विकासपछि परेको जस्तो देखिन्छ पछि पनि निर्वाचित हुनेहरुले पनि अति धेरै विकास गरेको जस्तो देखिँदैन किनकि प्रतिनिधि सहि ठानिएन भने विकासको आश गर्नु गलत हो ।