काठमाडाैं – फिजम अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा अर्किड स्कुल द्वितीय भएको छ । फिजमले आयोजना गरेको हाजिरीजजाफ प्रतियोगितामा काठमाडौंको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुल द्वितीय भएको हो । कोटेश्वर, पेप्सीकोला क्षेत्रका २० भन्दा बढी विद्यालयहरुमध्ये अर्किड दोस्रो हुन सफल भएको हो । अर्किडका तर्फबाट कक्षा १० का छात्र हिमाल श्रेष्ठ, कक्षा १० कै छात्र सचित केसी र कक्षा १० कै मिन्जल जिसी रहेका थिए । अर्किड स्कुल विद्यार्थीहरुको चौतर्फी विकासको लागि अहोरात्र लागिरहेको र विद्यार्थीहरु पनि सबै क्षेत्रमा अब्बल रहेर विविध प्रतियोगिताहरुमा उत्कृष्ठ नतिजा हासिल गर्न सफल भईरहेको विद्यालयका निर्देशक प्रेमकुमार भुजेलले बताउनुभयो ।
फिजमले अयोजना गरेको हाजिरीजवाफ तथा हस्तकला प्रतियोगिताको अध्यक्षता संस्थाका अध्यक्ष अमृत खड्काले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रतियोगिता संयोजक सुनील केसीले गर्नुभएको थियो । त्यसैगरी आजै सम्पन्न फिजम अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा कक्षा ५ मा अध्ययनरत छात्रा रिस्ता राई तथा कक्षा ३ मा अध्ययनरत छात्र मधु पौडेलले पनि भाग लिनुभएको समेत निर्देशक भुजेलले जानकारी दिनुभयो ।
साथै विद्यार्थीहरुमा निहित सीप र कलाहरुको उजागर गर्न तथा जीवन जिउने कला सिकाउनको लागि विद्यार्थीहरुको हौसला स्वरुप स्वयम आफैपनि हरेक विविध प्रतियोगिताहरुमा सहभागी भई निरन्तर प्रथप्रदर्शन गरिरहेको कारणबाट विद्यार्थीहरु जुनसुकै क्षेत्रमा पनि आफ्नो उत्कृष्टता प्रदर्शन गर्न सफल भइरहेको र जसका लागि विद्यालय व्यवस्थापन प्रति हार्दिक कृतज्ञ रहेको विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले बताउनुभयो ।