समाजवादी ट्रेड युनियन महासंघको संगठन निर्माण अभियान तिब्र

पोखरा – जनता समाजवादी पार्टी, नेपाल निकट ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला हुने भएको छ । भेलाले भाद्र २५ गते समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय कमिटी गठन गर्ने भएको छ ।

गत साउन १४ गते पुनर्गठन भएसंगै समाजवादी ट्रेड युनियन महासंघले आफ्नो संगठन निर्माणको अभियानलाई तिब्रता दिएको छ । महासंघले ७ वटै प्रदेश कमिटि तथा पेशागत घटक संगठनहरुको समेत भेला तथा पुनर्गठन गर्ने र महासंघलाई प्रभावकारी ढंगले श्रमिकका पक्षमा काम गर्ने योजना बनाएको महासंघका अध्यक्ष अर्जुन लम्सालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्