माछापुच्छ्रे बैंक महेन्द्रनगर शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

कञ्चनपुर – वाण्ज्यि बैंकहरुमध्येको माछापुच्छ्रे बैंकले सुदूरपश्चिममा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । माछापुच्छ्रे बैंक महेन्द्रनगर शाखाले विद्यार्थी सँग माछापुच्छ्रे बैंक कार्यक्रम सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायमा संचालन गरेको हो ।

कार्यक्रममा व्यवस्थापन संकाय प्रमुख शंकरदत्त भट्ट र बैंकका तर्फबाट महेन्द्रनगर शाखा प्रमुख दिपक खड्काले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा बीबीएस तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरु सहभागी रहेका थिए । कार्यक्रम सञ्चालन बीएलबी मझगाउँका प्रमुख राजेन्द्र बहादुर चन्दले गरेका थिए ।

वित्तीय चेतना नहुँदा ऋण तिर्न ऋण लिनुपर्ने बाध्यता रहेको छ । पैसाको सदुपयोग गर्न नजान्दा समस्या हुने गरेको भन्दै पैसाको सही परिचालनको लागि पनि वित्तीय चेतना आवश्यक रहेको देखिन्छ । वित्तीय साक्षरता सम्बन्धी धेरै कार्यक्रम तथा सामग्रीहरु निर्माण भएपनि अन्य क्षेत्रको विषयमा जस्तो सामाजिक सञ्जालमा खोजेर भेटिँदैन । वित्तीय साक्षरताका विषयमा सबैलाई सचेत गराउनु एउटा चुनौती छ । रोजगारी सिर्जना गर्न, जनताको आर्थिक अवस्थामा सुधार ल्याउन, देशको शोधान्तर वचतमा वृद्धि गर्न, विभिन्न नयाँ प्रविधिहरुको प्रयोग गरी मुद्रा प्रयोग गर्दा हुने जोखिम कम गर्न, सरकारले प्रदान गर्ने विभिन्न किसिमको भत्ताहरु बैंकहरुबाट सजिलै पाउन, बचत गर्ने बानीको विकास गर्न वित्तीय साक्षरता कार्यक्रम अपरिहार्य देखिन्छ ।

वित्तीय साक्षरता कसका लागी ?

संघीयतापछि राष्ट्र बैंकले बैंकिङ्ग सेवा नपुगेका स्थानीय तहमा वाणिज्य बैंकहरुले अनिवार्य शाखा विस्तार गर्नुपर्ने निती बनाएपछि गाउँमा बैंकहरु पुगेका छन्। लगभग केहि स्थानीय तहबाहेक सबै स्थानिय तहमा बैंक तथा वितिय संस्थाको पहुच रहेको देखिन्छ। नेपाल सरकारले पनि एक नेपाली एक वचत खाता सन्चालनमा ल्याएको छ । हुनत बैंकमा निक्षेप खाता खोलिँदैमा व्यक्तिलाई पूर्णरूपमा वित्तीय साक्षर भएको मान्न सकिँदैन । यो त वित्तीय साक्षरताको प्रारम्भिक चरण मात्र हो । आफूसँग भएको नगद सुरक्षित गर्न वा व्याज आर्जन गर्ने उद्देश्यले बचत खाता खोल्न सकिन्छ । बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाताको संख्या एक करोड ८० लाख पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ, जुन कुल जनसंख्याको ६१ प्रतिशत हो । शिक्षाको नै अभाव भएका सर्वसाधारणहरुलाई पहिले बैंकबारे बुझाउनु आवश्यक छ । फरक–फरक समूहका लागि फरक–फरक प्रकृतिको वित्तीय साक्षरता अभियान चलाउनु पर्ने खाँचो छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्