शैल्यशिखरले उठाउन थाल्यो गोकुलेश्वर बजारको फोहर, सहयोग गर्न मेयर धामीको आग्रह

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाले गोकुलेश्वर बजार सफाई गर्न थालेको छ । विगत लामो समयदेखि गोकुलेश्वरमै फोहर थुप्रिएका कारण बजुार कुरुप बन्दै गएको थियो । स्थानीयहरुले पटक–पटक बजारको फोहर व्यवस्थापनको माग उठाए पनि माग सम्बोधन हुन सकेको थिएन । गत बैशाखमा सम्पन्न स्थानीत तहको निर्वाचन पश्चात नगर प्रमुखमा निर्वाचित भएका विजय धामीले तत्कालै फोहर व्यवस्थापन गर्ने भनेका थिए । सोही अनुसार फोहर व्यवस्थापनका लागि बजारबाट फोहर उठाउन थालिएको स्थानीयत राजेश विष्टले जानकारी दिए । शैल्यशिखर–९ नक्तडस्थित सार्वजनिक वनमा बनाएको डम्पिङ साइडमा फोहर व्यवस्थापन गर्दा स्थानीयको विरोधका कारण लामो समदेखि फोहर नउठेको हो । अब शैल्यशिखर–९ ठुलसैनीमा फोहर व्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ ।
फोहर व्यवस्थपनमा सबैलाई सहयोग गर्न मेयर धामीले आग्रह गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्