काठमाडौ – पेप्सीकोला क्षेत्रमा रहेका स्कुलहरूमध्ये CBIA नमुना स्कुलको रूपमा रहेको पाईएको छ ।
FECA अन्तर्गत २५ वटा विद्यालयहरुमध्ये २०७८ सालको SEE मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा पेप्सीकोला टाउनप्लानिङको फुटबल ग्राउण्ड नजिक रहेको CBIA School का ५ जना विद्यार्थीहरुले प्रथम, द्वितीय तथा तृतीय तीनै स्थान हासिल गर्न सफल भएका छन् । CBIA विद्यालय परिवार सफल विद्यार्थी तथा शिक्षकहरुको अथक परिश्रम र मेहनतको सराहना र उच्च मूल्यांकन गर्ने गरेको स्कुलका सस्थापक अध्यक्ष तेज श्रेष्ठ बताउनुभयो ।
यसैगरी विद्यालयका शिक्षिका श्रीमती अनुपमा पोखरेललाई विद्यालयमा समर्पण तथा मानवीय जवाफदेहितासहित प्रभावकारी र अनवरत रुपमा सेवा प्रदान गर्नुभएकोमा FECA ले दीर्घसेवा प्रमाण पत्र प्रदान गरी सम्मान गरेको स्कुलका निर्देशक दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
FECA प्रथम हुनेमा GPA ३.९५ ल्याएका रिदम खड्का रहेका छन भने FECA द्वितीय हुनेमा GPA ३.९० ल्याउने वर्षा चौलागाईँ र FECA तृतीय हुनेमा GPA ३.८५ ल्याउने कृतिका गच्छदार खवास, सेनिस घर्तीमगर र आश्रिक पाठक रहेका छन् ।
यो नतिजा FECA अन्तगर्तका सम्पूर्ण विद्यालयहरुमध्ये र यस पेप्सीकोला क्षेत्र कै सर्वोत्कृष्ट नतिजा हो । CBIA विद्यालय परिवार यो नतिजामा क्रमशः अभिवृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछ ।
FECA अध्यक्ष श्रीराम दाहालको सभापतित्वमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि तथा बागमति प्रदेशका सभामुख श्री सानु कुमार श्रेष्ठले प्रमाण पत्र वितरण गरेका थिए ।
CBIA ३.९५ ल्याई FECA प्रथम हुने छात्र रिदम खड्काले नगद पाँच हजार पनि प्राप्त गरेको विद्यालयका प्रिन्सिपल हेम राईले जानकारी दिनुभयो ।