प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिज्चार्ज गरिने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको आज दशौँ दिन पूर्ण स्वास्थ्य लाभ भएपछि डिस्चार्ज गर्न लागिएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीलाई गत फागुन १९ गते भर्ना गरी २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
अस्पतालबाट डिस्र्चाज भए पनि प्रधानमन्त्री ओलीले कम्तिमा ६ महिनासम्म स्वाथ्यमा विशेष ख्यान दिनुपर्ने उहाँको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै व्यवस्था समेत गरिएको छ ।