एक्लै भए
बेसाहारा भए
र त
मेरा जिन्दगीमा पनि धेरै बन्न आए मित्र
देखेर रमाउछन मलाई कोठा भित्र
समाजको अघि बोल्न डराउँछ
एकान्तमा प्रेम गर्छु भन्दै बिश्वास दिलाउछ
परिवारले सोधे साथि नै बताउँछ
साथिले सोधे प्रेमिका भन्दै देखाउछ
दुखमा साथ माग्दा, बिहे गर्नु न भन्दा
अनेक बहाना गर्दै आखा बाट कोशि नै बगाउँछ
लौ न भनिदिनोस यो प्यार या मित्रता??
सायद मलाई मात्रै हैन अरुलाई नि यहि भनी फसाउँछ
मेरो बाध्यताको नाजायज फाइदा उठाउँछ
के हो सम्बन्ध हामी बिचको भन्दा
कर्ण र दुर्योधनको जस्तो भनी बताउँछ
हरेक रात राक्षस जस्तो कुरुपता देखाउँछ
फेरि भावना र प्रेम सम्बन्धको कहानि सिकाउँछ
तपाई नै भनिदिनुस न यो कस्तो मित्रता?
कहिलेकाही,
आफ्नाको अभाब महसुस हुन दिदैन
उसलाई खुशि पार्न मलाई रुन दिदैन
रोए म संग संगै रोए झै पनि गर्छ
आफ्नोपन देखाई सारा सर्वस्व लुटेर
छुटिन केवल बाहाना खोज्छ,
मित्रता भन्दै प्रेमको नाटक मन्चन गर्छ
मन फेरिन्छ जिन्दगी मेरो विजोक बनाउँछ
तन सुम्पिए मन सुम्पिए भए जति सबै सुम्पिए
तर पनि,
बन्न सकेन्न कुनै पनि असल मित्र
र पनि हरेक दिन भन्छदै आउछन्
कोहि न कोहि म हु तिम्रो मित्र ।