काठमाडौं – नेपाल व्यापार संघको आगामी नेतृत्व छनोटका लागि साउन १४ गते समिति घोषणा हुने भएको छ । कार्यसमिति निर्विरोध भएपनि १४ गते घोषणा हुनेछ । संघको ३१ औं साधारण सभा तथा १६ औँ महाधिवेशन साउन १४ गते आयोजना हुने भएको हो ।
यो साधारण सभा तथा महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । साना तथा मझौला व्यवसायीहरुको साझा संस्थाका रुपमा रहेको नेपाल व्यापार संघको स्थापना २०४७ सालमा भएको हो । १०५ सदस्यीय नयाँ कार्यसमिति महाधिवेशनबाट चयन हुने छन् ।
संघका उपाध्यक्ष हरि बहादुर गौतमका अनुसार व्यवसायीका समस्याहरु समाधानका लागि सर्वसम्मनत रुपमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । चुनाव लोकतान्त्रिक प्रक्रिया भए पनि यसबाट व्यवसायीहरु विभाजित भएर जाँदा व्यवसायीलाई नै घाटा हुने भएकाले पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नु पर्ने उपाध्यक्ष गौतमको भनाइ छ ।
५१ सदस्यीय सल्लाहकार, १५० जना आजीवन सदस्य रहेको संघमा साधारण सदस्य भने १ हजार जना रहेका छन् ।