काठमाडाैं – २० वर्षमुनिको साफ च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको छ ।
भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको हो । पहिलो ४५ मिनेटमा एक गोल गरेको नेपालले बाँकि खेलमा थप तीन गोल गरेको हो । नेपालका लागि खेलको ४२ औँ मिनेटमा दीपेश गुरुङ, ५७ औँ मिनेटमा सुगम सुवाल, ६२ औँ मिनेटमा आयुष घलान र ९४ औँ मिनेटमा मनग्य नकर्मीले गोल गरे ।
आजै हुने अर्को खेलमा बेलुका ७ बजे श्रीलङ्का र बङ्गलादेश खेल्ने छन् । च्याम्पियनशिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता छ ।
नेपालले अर्को खेलमा पर्सि श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै भारतसँग आउँदो आइतवार र अन्तिम खेलमा बङ्गलादेशसँग आउँदो मङ्गलवार खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रवार प्रतिस्पर्धा गर्ने छन् ।