कैलाली- कैलालीको गौरीगंगा नगरपालिका वडा न-९ स्थित साझाबजारमा रहेको मसुरिया स्वास्थ्य चौकी जिल्लामै पहिलो पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । मसुरिया स्वास्थ्य चौकीले विहिवार एक कार्यक्रमको आयोजना गरि संस्थालाई कैलाली जिल्लाकै पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
कैलाली जिल्लामै उच्चतम अंक ल्याई मूल्यांकनको आधारमा स्वास्थ्य संस्थालाई नमुना पोषण मैत्री स्वास्थ्य संस्था बन्न सफलभएको स्वास्थ्य चौकी प्रमुख लाल प्रसाद पन्तले बताए । स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र व्यस्थापन समितिको गरेको योगदानको जिल्ला जनस्वास्थ्य कार्यालय जनस्वास्थ्य अधिकृत लाल बहादुर धामीले प्रशंसा गरे ।
प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति कैलाली संयोजक पदम बहादुर कलेलले स्वास्थ्य संस्थाको प्रशंसा गर्दै सहयोग गर्ने बताए । विशिष्ट अतिथि रहेका गौरीगंगा नगरपालिका प्रमुख देवीदत्त कडेलले जिलामै संस्थाले पोषण मैत्री स्वास्थ्य संस्था बनाएर राम्रो काम गरेकोले नगरपालिकाले सहयोग गर्ने वताए ।
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष हरि प्रसाद तिवारी,वडा न ५ का अध्यक्ष विष्णु भाट,युनिसेफ पोषण अधिकृत प्रकाश चन्द्र जोशीले स्वास्थ्य संस्थाको योगदानको चर्चा गरे ।
कार्यक्रममा स्वास्थ्य संस्थालाई योगदान गरि सहयोग गरेका समाजसेबी दिनेश राज जोशी,निवर्तमान वडा अध्यक्ष हरि प्रसाद तिवारी,निवर्तमान उपाध्यक्ष पवन कुमार बोगटी,शिक्षक गणेश बि.क,मसुरिया स्वास्थ्य चौकी सिनियन अहेब दिर्घ राज जोशी,फाया नेपाल सुआहारा कार्यक्रम फिल्ड सुपरभाइजर यज्ञ राज अबस्थी र मसुरिया स्वास्थ्य चौकी प्रमुख लाल प्रसाद पन्त स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीर स्वयंसेबिका गरि ३३ जनालाई सम्मान प्रत्रद्रारा सम्मान गरिएको थियो ।
यसै गरि फाया नेपाल र युनिसेफ संस्थालाई सम्मान गरिएको थियो ।कार्यक्रम वडा न.-९ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राज कुमार थारुको सभापतित्वमा सम्पन्न भएको थियो ।