निवर्तमान अध्यक्ष तिवारीको पहल र काँग्रेस नेता जोशीको समन्वयमा मसुरिया स्वास्थ्य चौकीलाई ह्विलचियर हस्तान्तरण

मसुरिया – कैलालीको मसुरिया स्वास्थ्य चौकीलाई दुई थान ह्विलचियर हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसका नेता तथा समाजसेवी दिनेश राज जोशीको समन्वयमा ह्विलचियर स्वास्थ्य चौकीलाई प्रदान गरिएको थियो । एमआरआई स्कुल काठमाडौँका फाउण्डर यशोदा पन्तले आफ्नो स्व। बुबा आमा पीताम्बर जोशी र जानकी जोशी तथा सासुआमा राधा पन्तको सम्झनामा ह्विलचियर प्रदान गरिएको हो । मसुरिया स्वास्थ्य चौकीमा अति असक्त बिरामी तथा गर्भवती सुत्केरी महिलालाई स्याहारसुसार गर्न ह्विलचियरको अभावमा संगै समस्या परेको हुँदा गौरीगङ्गा नगरपालिका वडा नं. ९ का निवर्तमान वडा अध्यक्ष हरि प्रसाद तिवारीको आग्रहलाई दाता समक्ष राखे पछि पन्तले स्व. आफन्तहरूको स्मृति सम्मानमा ह्विलचियर प्रदान गरेको जोशीले जानकारी दिए । ह्विलचियर मसुरिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्रकला पराजुली तथा स्वास्थ्य चौकी प्रमुख लालप्रसाद पन्तलाई हस्तान्तरण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्