काठमाडौंको काेटेश्वरमा ‘हाेटल ए वान क्याफे भेन्यु’को २० औँ शाखा

काठमाडौँ – राेयल ए वान फाष्टफुट ग्रुप द्वारा सञ्चालित हाेटल ए वान क्याफे भेन्युको २० औँ शाखा काठमाडौंको काेटेश्वरमा सोमबार देखि सञ्चालनमा आएको छ । साेमबार काेटेश्वर चाेक नजिकै खुलेकाे हाेटल ए वान क्याफे भेन्युको नयाँ शाखाकाे बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । हाेटल ए वान क्याफे भेन्युको उद्घाटनमा हास्यकलाकारहरु,वडाका जनप्रतिनिधिहरु समेतकाे सहभागिता रहेको थियो । हाेटल उद्घाटन गर्दै वागमती प्रदेशका सभामुख श्रेष्ठले हाेटल ए वान क्याफे भेन्युले हाेटल तथा पर्यटनको क्षेत्रमा ठूलाे याेगदान दिएको बताए । उनले ए वान क्याफे भेन्युले उद्यमशीलता, रोजगारी,पर्यटन प्रबर्द्धन र उत्पादनकाे क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए । सभामुख श्रेष्ठले भेन्युले शाखा विस्तारसँगै गुणस्तरीय सेवा दिनु पर्ने बताए । काठमाडौं उपत्यकामा एक दशक लामाे समय देखि हाेटल ए वान क्याफे , बैंक्वेट सञ्चालन गर्दै आएको राेजगारी क्षेत्रमा राज्लाई सहयोग गरेकाे सभामुख श्रेष्ठको भनाइ छ। त्यस्तै,राेयल ए वान समूहका सञ्चालक राकेश श्रेष्ठले ‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ दिने गरि काेटेश्वरमा पनि नयाँ हाेटल क्याफे भेन्यु सहित नयाँ शाखा खोलिएको बताए ।

श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकामा हाेटल ए वान क्याफे भेन्युका २० वटा शाखा होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा रहेका छन् । हाेटल ए वान क्याफे भेन्युले युवालाई उद्यमशीलतामा जाेड्ने,युवालाई स्वराेजगार बनाउने, रोजगारी सिर्जना गर्ने र नेपाली उत्पादन बस्तुको प्रोत्साहनलाई प्राथमिकता दिएको उनले बताए । सञ्चालक श्रेष्ठका अनुसार क्याफेले आर्थिक सामाजिक रूपान्तरण, स्वच्छ सफा गुणस्तरीय रमणीय वातावरण सहित सेवासहित पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउँदै आएको बताए ।

उनले राेयल ए वान ग्रुपले काठमाडौंमा मात्रै नभए ग्रामीण क्षमेत सेवा विस्तार गरिरहेकाे बताए । नयाँ खुलेको हाेटल ए वान क्याफे भेन्यु शाखामा १००० जनाले एकैसाथ सेवा लिन सक्नेछन् । यो भेन्युमा विवाह, व्रतबन्ध, पार्टी, सेमिनार ,गाेष्ठी,भेला तथा समारोह लगायतका लागि स्वच्छ सफा वातावरणमा सहितको सेवा उपलब्ध रहेको छ। ए वान हाेटलले विभिन्न शाखामार्फत प्रत्यक्ष रुपमा पाँच सय जनालाई रोजगारी प्रदान गरेको छ भने १३५ जनालाई उद्यमशील बनाएको छ।याइरहेको बताए ।

सभामुख श्रेष्ठले भेन्युले शाखा विस्तारसँगै गुणस्तरीय सेवा दिनु पर्ने बताए । काठमाडौं उपत्यकामा एक दशक लामाे समय देखि हाेटल ए वान क्याफे , बैंक्वेट सञ्चालन गर्दै आएको राेजगारी क्षेत्रमा राज्यलाई सहयोग गरेकाे सभामुख श्रेष्ठको भनाइ छ। त्यस्तै,राेयल ए वान समूहका सञ्चालक राकेश श्रेष्ठले ‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ दिने गरि काेटेश्वरमा पनि नयाँ हाेटल क्याफे भेन्यु सहित नयाँ शाखा खोलिएको बताए । श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकामा हाेटल ए वान क्याफे भेन्युका २० वटा शाखा होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा रहेका छन् । हाेटल ए वान क्याफे भेन्युले युवालाई उद्यमशीलतामा जाेड्ने, युवालाई स्वराेजगार बनाउने, रोजगारी सिर्जना गर्ने र नेपाली उत्पादन बस्तुको प्रोत्साहनलाई प्राथमिकता दिएको उनले बताए । सञ्चालक श्रेष्ठका अनुसार क्याफेले आर्थिक सामाजिक रूपान्तरण, स्वच्छ सफा गुणस्तरीय रमणीय वातावरण सहित सेवासहित पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउँदै आएको बताए ।

उनले राेयल ए वान ग्रुपले काठमाडौंमा मात्रै नभए ग्रामीण क्षमेत सेवा विस्तार गरिरहेकाे बताए । नयाँ खुलेको हाेटल ए वान क्याफे भेन्यु शाखामा १००० जनाले एकैसाथ सेवा लिन सक्नेछन् । यो भेन्युमा विवाह, व्रतबन्ध, पार्टी, सेमिनार ,गाेष्ठी,भेला तथा समारोह लगायतका लागि स्वच्छ सफा वातावरणमा सहितको सेवा उपलब्ध रहेको छ। ए वान हाेटलले विभिन्न शाखामार्फत प्रत्यक्ष रुपमा पाँच सय जनालाई रोजगारी प्रदान गरेको छ भने १३५ जनालाई उद्यमशील बनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्