धौलागिरी लघुवित्त र अभियान लघुवित्तलाई आईपीओ निष्काशन गर्न अनुमति

काठमाडाैं – नेपाल धितोपत्र बोर्डले दुई लघुवित्तलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले धौलागिरी लघुवित्त वित्तीय संस्थालाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो । लघुवित्तले जारी पूँजी १० करोड ३१ लख रुपैयाँको ३२.१०५ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्नेछ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । अभियान लघुवित्त वित्तीय संस्थालाई पनि आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको छ । अभियानलाई बोर्डले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्