शिवजी मण्डेल, बझाङ
बुङ्गल नगरपालिकामा बाख्रा खोरमा बाघ पसेर १२ बाख्रा मारेको छ । बुङ्गल नगरपालिका- १ सतिवनका धनबहादुर बोहराको बाख्रा खोरमा पसेर बाघले १२ वटा बाख्राहरू मारेको छ ।
शनिबार दिउँसो बाख्रा चराएर बेलुका घर फर्के तर आइतबार बिहान बाख्रा खोरमा पुग्दा बाख्रा मारेर छोडेको अवस्थामा फेला परेको बोहराले बताए । बोहराका अनुसार घरभन्दा माथि बनाइएको बाख्रा खोरमा बाख्रालाई राखेर घर फर्किएपछि रातिको समयमा बाघले खोरको छाना उछिट्याएर बाख्रा मारेरको थियोे ।
जंगल नजिकै बाख्रा खोर भएको र बस्ती टाढा हुँदा बाघले खोरमा पसेर बाख्रालाई मारेको वडाध्यक्ष कस्वा बोहराले बताए । बाघले बाख्रालाई खाएको देखेपछि स्थानीयहरू त्रसित भएका छन् । उक्त ठाउँमा हप्ताको एक दुई बाख्रा बाघले खाने गरेको स्थानीय जयलाल बोहराले बताउनुभयो ।
वडा अध्यक्ष बोहराले भने “स्थानीय त्रसित भएका छन् बाख्रालाई पनि मारेको छ, बाघलाई नियन्त्रणमा लिन आवश्यक पहल चाल्नेछौ ।”