काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरू गरिएको छ।
बिहीबार यहाँ स्थानीय चुनाव गरिएको थियो। वैशाख ३० मा गरिएको चुनावमा ‘बुथ कब्जा’ भएपछि यहाँ पुन: निर्वाचन गरिएको थियो। प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले मत गणना सुरू गरिएको बताए। दुई टोली बनाएर मतगणना सुरू गरिएको उनले जानकारी दिए। वडा नम्बर १ र १० को मतगणना सुरू गरिएको छ। नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर पदका लागि उम्मेदवार छन्। उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।