कैलाली – कैलालीको गौकन्द्री खोलामा बालकको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार धनगढी उप-महानगरपालिका -१९ मा बस्ने दिपक विककव ११ वर्षीय निलिख विकको शव शुक्रबार बिहान खोलामा किनारमा भेटिएको हो ।
परिवारका अनुसार बुधबार दिउँसो साथीहरुसँग खोलामा नुहाउन गएका बालक सोही खोलाले बगाएर बेपत्ता भएका थिए । खोलाले बगाएर बेपत्ता भएका बालकलाई आफन्त, प्रहरी, नेपाली सेनालगायतले रातभर नदीको विभिन्न भागमा खोजतलास गरे पनि उनी फेला परेका थिएनन् । तर, शुक्रबार बिहान उनी बेपत्ता भएकै स्थानमा खोला किनारमा भेटिएका हुन् ।
बालकको शवलाई मोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ भने थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।