१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

दाङ – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका–२ बस्ने ३५ वर्षीय बाबुराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँको बिजय नेटास्थित धारामा पानी भर्ने क्रममा ती किशोरीलाई थापाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुरनधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्