अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्न राष्ट्रिय जनगणनाको आंशिक तथ्यांक अनुसार नेपाल उद्गम भएर अष्ट्रेलियामा बसोबास गर्नेको संख्या १ लाख २२ हजार ५ सय ६ जना रहेको छ । सोमबार राति सार्वजनिक भएको तथ्याङ्क अनुसार घरमा अंग्रेजीपछि नेपाली भाषा बोलिनेको संख्या १ लाख ३३ हजार ६८ रहेको छ।
त्यसमध्ये अधिकांश न्यु साउथ वेल्समा छन् । यहाँ ६८ हजार १ सय ४८ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक भएको छ । अष्ट्रेलियामा पहिलो पटक ५० प्रतिशतभन्दा बढी बासिन्दा विदेशमा जन्मेका वा आप्रवासी रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
पछिल्लो ५० वर्षमा देशको जनसंख्या दोब्बर भएको छ । सन् २०१७ बाट १ मिलियन भन्दा बढी नयाँ बासिन्दा थपिएको तथ्याङ्क सार्वजनिक भएको छ ।