एसपिपी बारे छानबिन गर्न समिति बनाउनुपर्ने रावलको माग

काठमाडौँ – नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे अहिलेसम्म भएका कुराबारे छानबिन गर्न माग गरेका छन्।

एसपिपीबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार गरेको छलफलमा बोल्दै रावलले एसपिपीबारे फरक–फरक निकायबाट फरक–फरक कुरा आएकाले यसको छानबिन गर्न समिति बनाउनु पर्ने माग गरेका हुन्।

‘एक समय सम्झौता गरेको भन्ने, अर्को बेला होइन भन्ने यस्ता कुराले हाम्रो विश्वासनियतामा आँच आउँछ,’ रावलले भने,‘अमेरिकाले यसलाई आफ्नो इन्डो–प्यासेफिक स्ट्राटेजीको अंग भनेको छ। हामी होइन भन्छौं। यो सम्झौता कहिले, कसले ग¥यो? समिति बनाएर छानबिन गरौं।’

नेपाल एसपिपीमा छैन भन्ने जानकारी दिन सरकारले अमेरिकालाई पत्र पठाउनु पर्ने रावलको सुझाव छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्