“गगन बचाउ अभियान” मा सुदूरपश्चिमेली नेपाली समाज भारतको सहयोग, ५२ हजार बढी हस्तान्तरण

रामदत्त मिश्र, काठमाडाैँ – मानवता अर्थात मानव धर्म नै मान्छेको धर्म हो । वास्तवमा मानवीय धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु, भलो गर्नु, उपकार गर्नु, सामाजिक संरचनाहरुमा सहयोग जुटाउनु, विभिन्न कारणले असक्षम भएकाहरुलाई सहयोग गर्नु नै धर्म हो । यी कुरालाई ध्यानमा राखि नेपालबाट रोजगारीको लागि भारतमा रहेका नेपालीहरुले एउटा समाज गठन गरेका छन् । सुदूरपश्चिमेली नेपाली समाज भारत नाम रहेको उक्त समाजले विभिन्न क्षेत्रमा सहयोग, उद्दार तथा राहतको कामलाई अघि बढाउदै आएको छ । यो समाज भारतका विभिन्न ठाउँमा गठन गरिएको छ । नेपालीहरुलाई एक सुत्रमा बाध्न विभिन्न समयमा चाँडपर्वको अवसर पारि भेटघाट गर्ने गरको छ । नेपालीहरु मुख्य मुख्य चाँडहरु समेत उक्त समाजले मनाउने गरेको छ । नेपालबाट ख्यातीप्राप्त व्यक्ति, कलाकार, गायक गायिकाहरुलाई समेत निमन्त्रण गरि यस समाजले भेटघाट तथा मिलन कार्यक्रम गर्ने गरेको छ । कारोनाबाट प्रभावित भएको बेला नेपाल फर्काउन देखि लिएर अन्य सामाजिक काममा समेत अग्रसर भएको यो समाजले पछिल्लो समय एक पीडित व्यक्तिको उद्दार तथा सहयोग गरेको छ ।

बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं ६ बागगोठ स्थायी बसोबास भएका अन्दाजी ३० बर्षका गगन कठायतको खुट्टामा लागेको रोगका कारण जम्मु मेडिकल कलेजमा उपचार गर्दागर्दै उपचार खर्च समेत जुटाउन मुस्किल परिरहेको बेला यो समाज सारथी बनेको छ । सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली भन्ने मूल नाराका साथ सहयोग संकलन अघि बढाएको यो समाजले उनको उपचारमा ठुलो राहत पुर्याएको छ ।

आफुसँगै भएको पैसा सकिएपछि सहयोगको अपेक्षा गरेका उनका परिवारले उक्त समाजमा निवेदन दिएपछि उक्त कार्यले निरन्तरता पायो । उक्त निवेदन अनुसार गगन बचाउ अभियान सुरु भयो । उक्त अभियानमा सहयोगी हातहरु अघि बढे । सहयोगी हातहरुबाट भारतीय रुपैयाँ ३२ हजार ८ सय ८८ संकलन भयो । जसले हुन आउने नेपाली रुपैया ५२ हजार ६ सय २० रुपैया उनलाई औषधी खर्चवापत हस्तान्तरण भएको समाजका केन्द्रीय उत्तर भारत उप संयोजक केशबदत्त भट्टले जानकारी दिनुभयो । यस अभियानमा आफुले सकेको सहयोग गर्ने करिब ५६ जनालाई सुदूरपश्चिमेली नेपाली समाज भारतले धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनमा पनि दुःखमा परेको व्यक्तिको सहयोगलागि तत्पर भईदिनु अनुरोध समेत गर्नुभएको छ । उक्त संकलन भएको रकममा उक्त समाजको तर्फबाट समेत सहयोग जम्मा भएको हो । उक्त रकम सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।

यस अभियानमा सुदूरपश्चिमिली नेपाली समाज भारतका केन्द्रिय कोषाध्यक्ष बाशुदेब जोशी, केन्द्रिय उत्तर भारत उप संयोजक केशब दत्त भट्ट, जम्मु कश्मीर राज्य समिति अध्यक्ष जनक राज जोशी, बरिष्ठ उपाध्यक्ष भुपाल दत्त भट्ट, सचिव राजेन्द्र ऐरी लगायत सम्पुर्ण राज्य समितिका पदाधिकारीहरुले बिशेष भुमिका खेल्नु भएको थियो ।
यो अभियानको पहीलो चरणको संकलन आर्थिक बुझाएको र अभियान अझै सुचारु रहने र सहयोग गर्न इच्छुकहरुले सहयोग गर्न समेत समाजले अपिल गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्