काठमाडौँ – जिल्ला अस्पताल दार्चुलामा सरसफाई अभियान थालिएको छ । आज देखि अस्पताल सरसफाई समिति र अस्पताल व्यवस्थापन समितिको सहकार्यमा अस्पताल क्षेत्रमा सरसफाई अभियान थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक जोशीले जानकारी दिए । उनका अनुसार आजदेखि प्रत्येक शुक्रबार अस्पतालमा सरसफाई गरिने छ । प्रत्येक शुक्रबार सबै स्टाफहरु मिलेर अस्पताल परिसरमा सरसफाई गरिने जोशीले जानकारी दिए । अस्पताल सरसफाईले वर्खायाममा सर्ने रोगहरुमा कमि आउने अस्पतालको विश्वास छ ।