कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु

कैलाली – कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका –३ स्थित धनगढीलाई कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका –३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ता रहेका छन् । उनीहरू मध्ये चौधरी नदीमा डुबेपछि निकाल्न गएका गुप्ताको पनि डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुवै जनाको शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्