मुस्ताङको लेतेमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भने पनि आधिकारिक पुष्टि हुन बाँकी

File Photo

काठमाडौँ – हराइरहेको तारा एअरको विमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले विमानको खाजीको लागि ‘ एउटा हेलिकप्टर पठाइसकेको जानकारी दिए । नेपाली सेनाको हेलिकप्टर पनि आउँदै गरेको उनले जानकारी दिए । उनका अनुसार विमान सम्पर्कविहीन अवस्थामा नै छ । केहीले मुस्ताङको लेतेमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भने पनि त्यो पुष्टि नभएको उनले बताए ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । विमानमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्