अझै २ दिन वर्षाको सम्भावना : सचेत रहन मौसमविद्को आग्रह

काठमाडौं – जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै सोमबारसम्म जारी रहने मौसमविद्ले बताएका छन् ।

आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । नेपालको स्थानीय बायु, भारतको उत्तर प्रदेश विहार आसपासमा विकास भएको न्यून चापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण नेपालमा वर्षा भइरहेको मौसमविद्ले जनाएका छन् ।

उनले भारतको उत्तर प्रदेशमा भूभागमा पनि पानी परिरहेकोले बङ्गालको खाडी तथा भारतको आकाशमा विकास भएको जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेका कारण वर्षा भएको हो ।

शनिवार बिहान प्रदेश १ र मधेस प्रदेशमा पनि भारी वर्षा भएको उनले बताइन् । नेपालमा मनसुन सुरु भई नसकेको र सामान्यत जुन १३ अर्थात जेठ ३० गतेपछिको समयदेखि मनसुन सुरु हुने गरेको मौसमविद्को भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्