बुद्ध एयरको अमानवीय हर्कत, धनगढीबाट काठमाडौँ विरामी लैजान मानेन

कैलाली – कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ । तत्कालै अस्पताल पु¥याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेको हो ।

बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षकी आगोले जलेर घाइते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले धनगढी विमानस्थलमै छाडेर उडेको हो। हवाई उडानको सेवा घाइतेको उद्धारको लागि पहिलो प्राथमिकतामा हुनुपर्ने हो। त्यो मान्यताविपरीत बुद्धले भने इमर्जेन्सी उपचार पाउनुपर्ने घाइतेलाई पाँच घण्टा कुराएर अमानवीय ढङ्गबाट छाडेर हिँडे पछि आलोचना भएको छ । अघिल्लो दिन नै टिकट बुक गरेकी उनी बुधबार साँझ पाँच बजे एयरपोर्ट पुगेकी थिइन्। जहाजको उडान तालिका साँझ ७ बजेर २५ मिनेटमा थियो। एयरपोर्टका बुद्ध एयरका कर्मचारीले उनलाई उडान केही घण्टा ढिलो हुने भन्दै पर्खाएर राखे। त्यति बेलासम्म बुद्ध एयरका कर्मचारीले घाइतेका श्रीमान् केन्द्रसँग मन्जुरीनामा कागज बनाएर हस्ताक्षर गराइसकेका थिए ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्