छोराको हत्या गरेको अभियोगमा बुवा पक्राउ

कपिलवस्तु – आफ्नै झड्केलो छोरा ५ वर्षीय आशिष कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

कोहारले कुटपिट गर्दा गम्भीर घाइते भएका आशिषको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोपवा र ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्