नुवाकोटको तादीमा नेपाली काँग्रेसका सन्तमान तामाङ जित नजिक

काठमाडौँ – नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेसका सन्तमान तामाङ जित नजिक पुगेका छन् । यो समाचार तयार गर्दा सम्म तमाङले २ हजार ८ सय ३७ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादीका किरण रिजालले २ हजार ३२ मत प्राप्त गरेका छन् । त्यसै गरि नेकपा समाजवादीका केपी लामिछानेले १ हजार ८ सय १०, नेकपा एमालेका विजय खनालले १ हजार ५ सय १४ र राप्रपाका शशि उप्रेतीले २२६ मत प्राप्त गरेका छन् । यसै गरि गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रीकी सञ्जु प्याकुरेलले २ हजार ८ सय ८२ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी इश्वरी उप्रेतीले २ हजार ३ सय ७८ मत प्राप्त गरेकी छिन् । यसै गरि नेकपा एमालेकी अस्मिता तामाङले १ हजार ४ सय ४०, नेकपा समाजवादीकी सरु मिश्र उप्रेतीले ६ सय ५४ र राप्रपाकी रञ्जना भण्डारीले ३९० मत प्राप्त गरेकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्